६ वैशाख २०८१ बिहीबार
अर्थ

जहाज दुर्घटनामा महासेनानी गुरुङको मृत्यु, दुई घाइते

दुर्घटनामा ज्यान गुमाएका महासेनानि क्याप्टेन कैलाश गुरुङको फाइल तस्विर

कृष्ण अाेली

बाजुरा— नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा जहाज चालक महासेनानि क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। सहचालक मेजर अनिता अाले र सुवेदार पूर्ण खड्का घाइते छन्।

घाइतेहरुलाई सीता एयरको विमानबाट उपचारका निम्ति नेपालगञ्ज पठाइएको बाजुराका प्रहरी प्रमुख डिएसपी दलबहादुर बोगटीले जानकारी दिए। दुर्घटनामा ज्यान गुमाएका महासेनानी गुरुङको शवलाई पनि नेपालगञ्ज लगिएको छ।

घाइतेहरुलाई सीता एयरको विमानबाट उपचारका निम्ति नेपालगञ्ज पठाइएको बाजुराका प्रहरी प्रमुख डिएसपी दलबहादुर बोगटीले जानकारी दिए। दुर्घटनामा ज्यान गुमाएका महासेनानी गुरुङको शवलाई पनि नेपालगञ्ज लगिएको छ।

एन ए ४८ नम्बरको कल साइन भएको सो बिमान कार्गो बोकेर नेपालगञ्जदेखि हुम्लाको सिमिकोटका लागि उडेको थियो। त्यहाँ मौसम खराबीले अवतरण गर्न नसकेपछि चालकले विमानलाई कोल्टीतर्फ डाइभर्ट गरेका थिए। अवतरणका क्रममा विमानस्थल नजिकै ठोक्किएर पल्टिएको थियो।

जहाज धावन मार्ग पश्चिम पट्टिको डिलमा ठोक्किएर दुर्घटनामा परेको हो। जहाज करिब मध्यान्ह सवा १२ बजे अवतरणका क्रममा धावनमार्गमा पल्टिएको हो। दुर्घटनापछि पाइलट बसेको ठाउँमा अागलागी भएको थियो।  सेना तथा प्रहरीले तत्कालै उद्धार गरी उनीहरुलाँई विमानबाट बाहिर निकालेका थिए।

प्रकाशित: १६ जेष्ठ २०७४ ०८:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App