७ वैशाख २०८१ शुक्रबार
अर्थ

तीन वटा अन्तर्राष्ट्रिय विमानस्थललाई १३ अर्ब १६ करोड

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ मा तीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १३ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेको छ। सरकारले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, निर्माणाधीन गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि उक्त बजेट विनियोजन गरेको हो।  
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका–संसदमा आगामी आव २०७३/७४ का लागि बजेट प्रस्तुत गर्दै विमानस्थल निर्माणका लागिउक्त बजेट विनियोजन गरेका हुन्। 
विमानस्थल निर्माणका लागि विगतमा तयार भएको विस्तृत आयोजना प्रतिवेदन अध्ययन गरी आगामी आवमा बोलपत्र सम्बन्धी प्रक्रिया सुरु गरिने भएको छ। निर्माणाधीन गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य २०७५ चैतभित्र सम्पन गरिने भएको छ। त्यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य आगामी आवमा सुरु गरी चार वर्षभित्र सम्पन गरिने बजेटमा उल्लेख छ। 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुरुप स्तरोन्नति गरिने छ। यसअन्तर्गत विमानस्थलसँगैको कोटेश्वर–सुर्यविनायक सडकलाई सुरुङ मार्गमा परिणत गरी विमानस्थलको धावनमार्ग विस्तार र पार्किङ वे थप गरी एयर ट्राफिक समस्या न्यून गरिने योजना बजेटमा उल्लेख छ।  
आगामी आवको बजेटमा पर्यटन क्षेत्रका कार्यक्रमलाई थप परिस्कृत गर्दै निरन्तरता दिइएको छ।प र्यटकीय प्रचुरता भएका प्रमुख स्थललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न तयार भएको गुरु योजना कार्यान्वयन गर्ने, तयार नभएका ठाउँको गुरुयोजना बनाउने र पर्यटकीय पदयात्रा मार्ग निर्माण तथा विकास काकार्यक्रमलाई निरन्तरता बजेटमा दिइएको छ। त्यस्तै वृहत जनकपुर क्षेत्र विकास सम्बन्धी कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। 
बजेटमा क्षेत्रीय तथा पर्यटकीय महŒवका सडकलाई प्राथमिकताका साथ सुधार तथा विस्तार गर्ने उल्लेख छ। अन्य सहरी सडक निर्माण तथा सुधार एवं काठमाडौं उपत्यका सडक सुधार आयोजनाको बजेट स्थानीय तहमा नै हस्तान्तरण गरिएको छ। स्थानीय स्तरका पर्यटन पूर्वाधार विकासका क्रमागत कार्यक्रम स्थानीय तहबाटै कार्यान्वयन हुने प्रबन्ध मिलाएको अर्थमन्त्री महराको भनाइ छ। पर्यटकीय क्षेत्रको पर्या–पर्यटनको दृष्टिकोणले महत्वपूर्ण मानिएका पदमार्गहरुको पुनःनिर्माणलाई प्राथमिकता दिइने बजेटमा उल्लेख छ। 
यस्तै, बजेटमा पशुपति क्षेत्र र लुम्बिनी क्षेत्रको गुरुयोजना कार्यान्वयनमा तीव्रतादिइने उल्लेख छ। उक्त योजनाका लागि एक अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको छ।
 

प्रकाशित: १६ जेष्ठ २०७४ ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App