शुक्रसागरको सम्झना

मङ्गलबार, १६ जेठ २०७४, ०९ : ३१ डा. रमेश ढुंगेल

उनको शरीरमा अनेक रोगले डेरा जमाएका त थिए तर उनको पथ–परहेज, खानपानको तौरतरिका देख्दा अरु दुई दशक त हाम्रो पेशागत मित्रतामा यस्तो असामयिकता आइहाल्ला जस्तो पटक्कै लागेको थिएन। संस्कृति र पुरातŒवको ज्ञान पिपाशा र त्यस प्रतिको अत्यन्त अनुशासित लगनशीलताका कारण बनेको हाम्रो मित्रतामाथि घातक असामयिकताको वज्रपात आइपर्‍यो। एकाबिहानै कीर्तिपुरदेखि आफ्नै सीपले र आफ्नै लागि (हामी जस्ता इष्टमित्र समेतलाई) उत्पादन गरेका स्वस्थकर बेकरीका उत्पादन तात्तातै झोलामा राखेर मेरो निवास चाबहिलमा ल्याउने र पुरातŒव, इतिहास संस्कृतिका विषयमा आनन्दसाथ छलफल गर्न रमाउने मित्र शुक्रसागरले जेठ २ गते अर्थात् आजभन्दा १३ दिन अघि हामीबाट सदाका निम्ति बिदा लिए। हामी उनका गुण र विशेषतामा रमेकाहरु चाहिँ उनलाई भुल्न नसक्ने सांसारिक स्वाभाविकतामा अल्मलिइरहेका छौँ।

धेरैले शुक्रसागरलाई अप्ठेरो व्यक्तिका रुपमा देखाउँछन् तर मेरा लागि चाहे लन्डनमा अध्ययन गर्दाताका उहाँले गरेका सहयोग होऊन् या बेलाबेलाको घरैमा भेटघाट, कहिल्यै अप्ठेरो महसुस गराएनन्।

एक किसिमले शुक्रसागरको ६५ वर्षको उमेरमा भएको यस असामयिक अवसानले मलाई शोकमा पारेकै अवस्थाले उनको स्मरण र श्रद्धाञ्जलीका खातिर लेख लेख्ने अवस्थासमेत आइसकेको थिएन। उनका बारेका केही लेख र संस्मरणका समाचार र चर्चामा उनलाई कहिले डोरबहादुर बिष्टसँग तुलना गरेको पाएँ।  उनले दिएका अक्सफोर्ड तथा लन्डन विश्वविद्यालयका लेक्चर र बेलायतस्थित ब्रिटिस लाइब्रेरीमा गरेको अध्ययनका बारेमा मैले उहाँसँगै गरेको अध्ययन र ब्रायन हट्टन हज्सनद्वारा नेपालबाट  १८२०–४० को दशकमा संकलित नेवार अभिलेख बु‰ने र पढ्ने कामजस्ता महŒवपूर्ण विषयमा कसैले नउठाएकाले उनका विषयका मैले जानेका कतिपय विशेष पक्षलाई उजागर गर्नु उनको संस्मरण, समान तथा हाम्रो साझा राष्ट्रिय इतिहास प्रतिको आदर पनि हुने देखेर यो लेख लेख्ने जमर्को गरेको हुँ।

डोरबहादुर बिष्टसँग शुक्रसागरसँग तुलना भनेको शुक्रसागरको सादगी र निर्भिकता प्रतिको अत्यन्त अनादर हो किनभने डोरबहादुर बिष्ट आत्मकेन्›ित ख्याति, शासकीय शक्तिको भोकमा गुम्सिएका तर एक लगनशील व्यक्ति हुन्। दरबारका सचिव रंजनराज खानालसँगको व्यक्तिŒव तथा राजनीतिक नियुक्ति लगायतका व्यक्तिगत प्रलोभन र दरबारका विषयमा मनमुटावको रिस र इवीलाई अध्ययनको काल्पनिक विषयवस्तु बनाएर नेपाली समाज भाँडा बिखको रूपमा 'बाहुन र भाग्यवाद' जस्ता आधारहीन र वाहियात सिंगो कृति लेख्ने खतरापूर्ण विद्वान देखिएका छन्, डोरबहादुर। उता शुक्रसागर भने प्रमाण र प्रमेयरहित र गहिराई नबुझी एउटा हरफ पनि नकोर्ने व्यक्ति हुन्। सामाजिक–सांस्कृतिक हिसाबमा पनि शुक्रसागर नेवार सभ्यताको गहिरो व्याख्या गर्दै श्रीमान्–श्रीमती एउटै सिरक वा ओड्नेभित्र नसुत्ने परम्परा अलक्षिन हुने कुरा बारम्बार सुनाउँथे र १/२ महिनाको लन्डनमा आमन्त्रण गरेका समयमा समेत श्रीमती र छोरी साथमा घुमाउन चाहन्थे। त्यसका निम्ति सहयोगको अनुरोधसमेत गर्थे।  उता डोरबहादुर भने कुनै विदेशी स्कलरसँग रोमान्समा समय बिताउन छुट्टै घर बनाउँथे र भन्थे– ‘युरोप, अमेरिका लगायतका र शेर्पा, तामाङ, नेवार, क्षेत्रीलगायत धेरै महिलासँग सुतिसकेको र अब बाहुनीसँग मात्र बाँकी भएकाले त्यसमा विशेष चासोसाथ खोजीमा भएको बताउने गर्थे। डोरबहादुर पनि त्यसबेला यस्तै ६० वर्षे उमेरका हुँदाहुन्। यस्तो कुरा सार्वजनिक रूपमै हामी युवा अन्वेषकहरुसँग गरका बखत।  जातीयताको विषयमा उनको विचार पूरै भ्रष्ट विचार थियो। उनी भन्थे, एउटा बाहुन ड्राइभर राखेर गाडीको ढोका खोलिदिने र ब्रिफकेस बोकेर उनको कार्यकक्षसम्म पुर्‍याउने व्यवस्था गर्नुपर्ने उनको उत्कट अभिलाषा बाँकी नै थियो। डोरबहादुरको अन्त्यका बारेका प्रकाशमा आएका विभिन्न कथा सम्भि्कयो भने के बुझिन्छ? बिना डिग्री दरबारका सोर्स (सचिव नारायणप्रसाद श्रेष्टमार्फत्) ले सोझै प्राध्यापक हुने अनि त्यसैगरी अनेकलाई नियुक्ति गर्ने गराउने महŒवाकांक्षी व्यक्ति हुन् डोरबहादुर। अनि राजदूत नबनाउँदा र राजालाई भेटघाटको प्रबन्ध नगराउँदा एक खनाल बाजेको रिसले सारा नेपालको सामाजिक विश्लेषणको आधार बनाउने लोभ, लालचा, महŒवाकांक्षा र रिसका पोको हुन्, डोरबहादुर विष्ट! श्रीमतीलाई थाहा नदिई भीर बास नबस्ने शुक्रसागर अनेक महिलाका साथ कहिले खान लापत्ता हुने डोरबहादुरको कसरी तुलना गर्ने? कृति नै पनि हेरौं त– के ‘नेपालका जातजाति’ तथा ‘फेटालिज्म एन्ड डेभलपमेन्ट’जस्ता डोरबहादुर बिष्टका कृति र शुक्रसागरका कीर्तिपुरको सांस्कृतिक तथा पुराताŒिवक इतिहास तथा ‘स्ट्रिट साइन्स अफ कीर्तिपुर’ जस्ता कृतिको तुलना हुनै सक्दैन। बिष्टका सतही जानकारीका वा न सिद्धान्त न तथ्य भएका मनगढन्ते व्याख्याका कृतिसँग शुक्रसागरका तथ्यपूर्ण स्रोत सन्दर्भ सहितका ठोस अनुसन्धानात्मक कामको तुलना नै हुन सक्तैन। स्वेच्छाचारिता अधिक नै थियो डोरबहादुर बिष्टमा। 

किर्गिस्थानका योद्धा ख्यिरिख्निद् उनको दलबलसहित माथिल्लो कालीगण्डकी उपत्यका आइपुगेका हुनाले सिल्क रोड मुस्ताङसम्म जोडिएको हुनुपर्ने हाइपोथेसिस लिएर प्रामाणिकता जुटाउन शास्त्रार्थ गर्न मसँग आउँथे शुक्रसागर। मैले याचे (कर्णाली प्रदेश) तिरका सोग्पो स्थानीय शासक भारादंदूर पनि उतैतिरबाट तपाईंका ख्यिरिख्निद्भन्दा अघि दसौँ शताब्दीतिरै पश्चिमउत्तरको हिमाली क्षेत्रमा जमेका थिए र पछि खाछेका याचे (यक्ष अर्थात नाग जातिका) चल्ल शासक खलक अरु भोट मूलका बौद्ध शासक तथा जनसाधारणको सहयोगका निम्ति आउँदा यी सोग्पो नायक र उनका समर्थक झुण्ड र खस बीचमा पटक–पटक भयानक लडाईं भएको र स्थानीय भोट मूलका जनता र शासक तथा जनता सोग्पोको विरोध र खसको साथमा लागेर लडेका थिए। यसमा तान्त्रिक लामाहरु पनि खस याचीकै साथमा थिए भनेर सुनाउँदा रोगले सताएर तत्काल ढल्लान्जस्ता दुब्ला–पातला शुक्रसागर बसेको ठाउँबाट खुसीले जुरुक्कै उठेका थिए।

मैले भनेको थिएँ, ‘ए शुक्रसागरजी, त्यही राजतरङ्गिणीमा वर्णित अरमुदी पनि त सोक्पो नै हुन् नि! उनैले खस जयापिडसँग लडेका थिए र गुरिल्ला किसिमको युद्धमा हराएका थिए।’ यो सुनेपछि छक्क पर्दै उनले भनेका थिए, ‘बास्! अब प्रमाणित भयो मेरो हाइपोथेसिस!’ यसपछि उनी खुसमुख लगाई बिदा भएका थिए।  यस्ता पो हुन् त शुक्रसागर! अनि कहाँका डोरबहादुर!

ब्रायन हज्सनको संकलनका नेवार सामग्री अध्ययनमा मलाई सहयोग गर्न स्कूल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिजको फेलोसिपमा संलग्न हुन चाहने बेलायतको ब्रिटिस लाइब्रेरीमा मेरा दुई मित्र थिए। एक शुक्रसागर र अर्का भक्तपुरका (पण्डित इन्जिनियर) योगेशराज (मिश्र)। मलाई दुईमध्ये जो भए पनि हुने थियो तर जोड योगेशजीपट्टि थियो तर शुक्रसागरजीको बेलायती मित्रहरु डेभिड गेल्नर र माइकल हट आदिसँगको पूर्व चिनाजानी भएको हुनाले यदि मेरो तर्फबाट आपत्ति नभए शुक्रलाई नियुक्ति गर्ने आग्रह रह्यो र त्यसै भयो।

बेलायतमा शुक्रसागरसँग खुब रमाइलो साथ काम गरियो। हुन त त्यसभन्दा अघि नेपालबाट अर्का पुराताŒवविद् चन्›प्रसाद त्रिपाठी र अघिअघि नेपाली आयामेली कवि पछि लिम्बुकिरातको सामाजिक अध्ययन र जनजाति विद्वान वैरागी काइँलालाई पनि बेलायतमा मेरो कामको सहयोगका निम्ति विशेषज्ञको रूपमा पुर्‍याइएको थियो र उहाँहरुसँग पनि रमाइलो साथ काम भएको थियो। 

शुक्रसागर केही अप्ठेरो मानिस त अवश्य थिए, धेरैले त्यसै भन्छन् तर मेरो अनुभवमा चाहिँ त्यस्तो कुनै घटना घटेन। स्वयं अर्कै किसिमको भए पनि शुक्रसागरले मेरानिम्ति अलिकति चिन्ता लिए, खास गरी त्रिविविको सिनासमा कार्यकारी निर्देशकको नियुक्तिको मामलामा। उनका स्कूले जीवनका प्रतिस्पर्धामा भएका तर कीर्तिपुर निवासी महर्जन थरका मेरो बुझाइमा बिलकूल हब्ब न कब्बका साथी त्रिविको उपकूलपति थिए त्यसबेला, एमाले भन्ने दलको आशीर्वादमा। विचरा शुक्र उनको घरमा एकाबिहानै मेरा निम्ति घनघोर सिफारिसका शब्द लिएर गए तर व्यर्थ थियो त्यस्तो धृष्टता। जे होस्, उनी सभ्य मित्र थिए मेरा निम्ति। तात्तातो पाउरोटी तथा अरु केही बेकरीका उत्पादन लिएर मेरो घर चाबेलसम्म बिहान साढे ६ बजे नै आइपुग्थे मित्र शुक्र भन्ने प्रसङ्ग अघि नै उल्लेख गरियो। उनी मेरी छोरी विदुषीलाई उनको घरमा लगेर बेकरी बनाउने तरिका सिकाउन जोड दिन्थेँ र डायबेटिज रोगले केही असर पुगेकी मेरी श्रीमतीलाई उपयुक्त ब्रेड समय–समयमा घरमै वा सिनासमा समेत ल्याइदिने गर्थे। अहिलेसम्म धेरै इष्टमित्रहरुलाई सहयोग गरे पनि एउटा पुष्टकारी वा ल्वाङ् समेतले कृतज्ञता नपाएको मेरो जीवनमा शुक्रसागरको यो शैलीको न्यानोपनले उनी असहयोगी, एकोहोरो र असामाजिक हुन् भन्ने कुरामा मलाई विश्वास गर्न कठिन भैरहेको छ। त्यसैगरी भुतुक्क भएर छोरी र श्रीमतीलाई लन्डन घुमाउन पुर्‍याउने मात्र नभई त्यहाँका विशेष ठाउँ र रेस्टुराँमा सायद एक्स्पोजरका निम्ति पुर्‍याउने शुक्रसागर परिवारबाट टाढिने एकोहोरो ›व्य लालची पनि थिएनन् भन्न सकिन्छ। उनको शैली फरक थियो वेकरी र पक्वान शास्त्रका महँगा किताब पाउँदा तत्काल किन्थे पनि।

हो, उनी कहिलेकाहीं आवश्यकताभन्दा अधिक विदेशीलाई पैठ दिने र बेलाबेलामा पछ्याउने चाहिँ गर्थे। सायद अलि अघि पर्यटन विभाग, म्युजियमतिर काम गर्ने र कीर्तिपुरबासी भएकाले पनि होला। त्यसैगरी आफ्ना विश्लेषणलाई कतिपय अवस्थामा आधार बलियो नहुँदा पनि एकोहोरो रूपमा ढिपी गरेर समाइरहन्थे र मेरो बुझाई नै ठीक र अरुको त्यो बु‰ने क्षमता पनि पुग्दैन भनेजस्तो चाहिँ गर्दथे। तर मसँग त्यस किसिमको घना लिट्टी कस्दैनथे तर मैले त्यस्ता उदाहरण देखेको छु। त्यसैले कतिपय अवस्थामा आफूभन्दा धेरै पहिले खोजी भएका विषयलाई पनि आफूले नै पहिलोपल्ट गरेको भनेर श्रेय लिन खोज्थे। एक दिन उनले उनको कीर्तिपुरको इतिहासको किताबका केही महŒवपूर्ण अभिलेख देखाउँदै तिनको महŒव दर्शाउँदै भने, ‘यस्ता महŒवपूर्ण अभिलेख मैले पहिलोपल्ट पढेर प्रकाशित गरी बचाएँ।’ अनि मैले त्यसको भोलिपल्ट तिनै अभिलेख जीतमोहन खरदार भन्ने हज्सनका सहयोगीको सक्रियतामा शुक्रले भन्दा झन्डै २०० वर्ष अघि नै पढेर उतार संकलन गरेको झिकेर देखाइदिएँ। त्यसपछि उनी ज्यादै असामन्जस्य देखिए र छक्क परे। 

किन हो कुन्नी पृथ्वीनारायण शाहप्रति चाहिँ उनी अलिक कठोर नै देखिन्थे। कतिपय कुरामा आवश्यकता र तथ्यभन्दा अधिक नै उनी वक्र थिए। यस मामलोमा हाम्रो विचार फरक थियो। पृथ्वीनाराणलाई क्रूरतातर्फ राखी व्याख्या गर्ने र प्रमाण जुटाउने क्रममा तान्तुने सामग्रीको पनि उनले प्रयोग गरेका छन्। यस विषय नाक–कान काटेको भन्ने प्रसंग लगायत अरु कुरामा पनि सम्बन्धित देखिएको छ। सायद यस मामलोमा इतिहास ओराताŒव भन्दा कीर्तिपुरे पुरुषŒवको प्रभाव अधिक भएको होला। तथ्यपूर्ण इतिहासलाई स्वीकार्नु पर्छ र तथ्य र वास्तविक विश्लेषणले नभ्याउनेतर्फ लाग्नु हुन्न भन्ने हाम्रो साझा धारणाको क्रममा मैले शुक्रलाई माथवरसिं थापाको नेपाल वृत्तान्तमा भएको नाक–कान काटेको प्रसंग मूलस्रोतबाटै देखाइदिएको पनि थिएँ।

इतिहास संस्कृतिको खोजको क्षेत्रमा हामीले धेरैअघि एउटा जाज्वल्य युवा व्यक्तिŒव पूर्णदास मानन्धर भन्ने देखेका थियौँ र एकदम कम उमेरमा उनलाई गुमायौं।  अहिले त्यस्तै जाज्वल्य अर्का व्यक्तिŒव शुक्रसागर श्रेष्ठलाई पनि ६५ वर्षकै उमेरमा गुमायौं। वास्तवमा संस्कृति र पुरातŒवको क्षेत्रमा यस्ता वास्तविक अन्वेषक भन्दा काकतालीले डोर्‍याएका व्यापक सैद्धान्तिक ज्ञान र शिक्षा नभएकाहरुको व्यवहारिकता वा कम अनुशासित सौखिन प्रशासनिक यन्त्रका व्यक्तिहरू हावी भएको अवस्थामा शुक्रसागरजस्ता अन्वेषक र चिन्तकको जहिले पनि खाँचो महसुस हुन्छ।  शुक्रसागरको नश्वर शरीर हाम्रो साथमा नभए पनि उनका विश्लेषण र बौद्धिक निर्भिकता सदा हाम्रो साथमा अमर रूपमा रहने छन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad