८ वैशाख २०८१ शनिबार
खेल

राष्ट्रिय महिला क्रिकेट यसै साता

काठमाडौं- साबिक विजेता एपिएफले महिला राष्ट्रिय क्रिकेट प्र्रतियोगिताको समूह चरणमा मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलसँग प्रतिस्पर्धा गर्ने भएको छ। दुई वर्षपछि महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता हुन गइरहेको छ।

नेपाल क्रिकेट संघ (क्यान) को विवाद तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट नेपाल निलम्बनमा परेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफै प्रतियोगिता गर्न लागेको हो। कीर्तिपुर मैदानमा शनिबार सुरु हुने प्रतियोगिताको अर्को समूहमा पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल छन्।

राखेपको संरचनाअनुसार पाँच विकास क्षेत्र र एपिएफ गरी ६ टोलीको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेलमा एपिएफ र मध्यमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ। दुई वर्षअघि पोखरामा भएको प्रधानमन्त्री कप महिला खेलाडीले खेलेको पछिल्लो राष्ट्रिय प्रतियोगिता हो।

आइसिसी महिला विश्वकप छनोटको उद्देश्यमा गर्न लागिएको प्रतियोगिताबाट २४ खेलाडी छानेर यसै महिनाको अन्त्यमा बन्द प्रशिक्षण सिविर सुरु गर्ने राखेपले जनाएको छ।  हङकङमा हुने विश्वकपको एसिया छनोटमा नेपालले आयोजकसँगै चीन, थाइल्यान्ड र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। एसियाली छनोटका शीर्ष दुई टोलीले अन्य महादेशबाट आउने टोलीसँग अन्तिम चरणको छनोटमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताविजेताले १ लाख र उपविजेताले ५० हजार पाउनेछन्। उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सवुमन, बलर र उदीयमान खेलाडी पनि पुरस्कृत हुनेछन्। क्यानका दुई समानान्तर कमिटी अस्तित्वमा भएको, समानान्तर संघको विवाद अदालतमा विचाराधीन रहेको र आइसिसीबाट समेत निलम्बनमा परेपछि राखेपले घरेलु क्रिकेट सञ्चालन गर्न सदस्य शैलेश कर्माचार्यको संयोजकत्वमा ६ सदस्यीय क्रिकेट समन्वय समिति गठन गरेको थियो। दुई महिनाअघि गठितसमितिले महिला राष्ट्रिय क्रिकेट  गर्न लागेको हो। गतमहिना सम्पन्न राष्ट्रपति रनिङ सिल्डअन्तर्गतको क्रिकेट प्रतियोगिता पनि समन्वय समितिले नै गरेको थियो।

प्रकाशित: ४ श्रावण २०७३ ०३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App