८ वैशाख २०८१ शनिबार
प्रवास

दूतावासको अाफ्नै भवन किन्ने राजदूत राणाको प्रतिबद्धता

कार्यक्रमलाई सम्बोधन गर्दै जापानका लागि नेपाली राजदूत प्रतिभा राणा। तस्विरः नारायण रिमाल

टोकियो— जापानको राजधानी टोकियोमा गणतन्त्र दिवस मनाइएको छ। जापानस्थित नेपाली दूताबाको आयोजनामा आइतबार गणतन्त्र दिवस मनाइएको हो।

टोकियोको मेगुरोस्थित नेपाली दूतावास परिसरमा आयोजित कार्यक्रममा जापानमा रहेका विभिन्न सामाजिक र राजनीतिक संघसंस्थाको सहभागिता रहेको थियो। गैरआवसीय नेपाली संघ समन्वय समिति, गैरआवासीय नेपाली संघ–जापान तथा विभिन्न राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिहरुको कार्यक्रममा उपस्थिति थियो।

करिब ७० हजार जनसंख्या रहेको नेपाली समुदायमा जापानमा अाफ्नै दूतावास भवन हुनुपर्ने विषय उठाउँदै आएको छ। राजदुत राणाले आफ्नो कार्यकाल भित्र दूतावासको आफ्नै भवन खरिद गर्न हरसम्भव प्रयास गर्ने उल्लेख गरिन्।

केही दिनअघि मात्र पदभार समाल्न जापान आइपुगेकी नवनियुक्त राजदूत प्रतिभा राणा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेकी थिइन्। कार्यक्रमको सभापतित्व गरेकी उनले जापानमा रहेका सबै संघसंस्थाहरूलाई नेपालीहरुको सुखदुःखको साथी बन्न आग्रह गरेकी थिइन्। नेपालीका दुःखमा सहकार्य गर्न दूतावासले सबैसँग सहकार्य गर्दै अघि बढ्ने उनले बताइन्।

करिब ७० हजार जनसंख्या रहेको नेपाली समुदायमा जापानमा अाफ्नै दूतावास भवन हुनुपर्ने विषय उठाउँदै आएको छ। राजदुत राणाले आफ्नो कार्यकाल भित्र दूतावासको आफ्नै भवन खरिद गर्न हरसम्भव प्रयास गर्ने उल्लेख गरिन्।

कार्यक्रममा करिब डेढसयको संख्यामा जापानबासी नेपालीहरूको सहभागिता थियो। कार्यक्रम दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले सञ्चालन गरेका थिए। दूतावासका द्वितीय सचिब टिएन गिरीले स्वागत मन्तब्य राखेका थिए। तृतीय सचिब रेवन्त केसीले आगन्तुकहरूलाई स्वागत गरेका थिए।

प्रकाशित: १५ जेष्ठ २०७४ १४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App