coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसले बोलायो सर्वदलीय बैठक

काठमाडौं– नेपाली कांग्रेसले सहमतिको सरकार गठनका लागि मंगलबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिय सरकार गठनका लागि संसद्मा रहेका दलहरुलाई आह्वान गरेको सात दिनको समय सकिन लाग्दा संसद्को ठूलो दल कांग्रेसले सहमतिय सरकार गठनको पहल थालेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागि हुन तयार रहेपनि कांग्रेस दलीय सहमतिको सरकारको पक्षमा नरहेको आरोप लगाएको भोलिपल्ट कांग्रेसले सबै दलको बैठक बोलाएको छ । संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा बिहान साढे आठ बजेका लागि बोलाइएको बैठक कांग्रेसले सरकार गठनका लागि सहयोग माग्ने छ । सर्वदलीय बैठकको निमन्त्रणसहित पार्टी नेतृत्वमा सर्वदलीय सरकार गठनका लागि सहयोग माग्दै सोमबारै कांग्रेसले पत्र पठाएको छ।

कांग्रेस संसदीय दलका सचिव ध्रुव बाग्लेले संबैधानीक व्यवस्था र राष्ट्रपतिको आह्वान अनुसार सहमतिको सरकार गठनका लागि पार्टीले अग्रसरता लिएको बताए । ‘सबै राजनीतिक दललाई साथै लिएर कांग्रेस संविधान कार्यान्वयन गर्न चाहन्छ,’ बाग्लेले भने, ‘सरकारमा पनि सबैलाई समेटेर अघि बढ्ने प्रयास अनुसार सर्वदलीय बैठक राखेका छौ ।’

संबैधानीक व्यवस्था अनुसार सहमतिको प्रयास गर्नु ठूलो पार्टीको जिम्मेवारी र दायित्व भएको बताउँदै उनले भने, ‘हाम्रो नेतृत्व सरकारमा सबै दललाई सहभागि हुन र सहयोगका लागि सभापतिले आग्रह गर्नु लाग्नु भएको हो ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार प्रधानमन्त्रीबाट राजीनामा गरेसँगै राष्ट्रपति भण्डारीले बिहीबार संविधानको व्यवस्था र विगतको परम्पराअनुसार सात दिनको समय दिएर दलहरुलाई सहमतीय सरकार गठनको आह्वान गरेकी छिन् । संविधानको धारा २९८ को उपधारा (२) अनुसार सात दिनभित्र सहमतिको आधारमा प्रधानमन्त्री निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न संसद्मा रहेका सबै दललाई आह्वान गरेकी छिन् । दिएको भनेकी छन् ।

सात दिनभित्र दलीय सहमतिको सरकार गठन नहुने त्यसपछि व्यवस्थापिका संसद्लाई बहुमतीय सरकार गठन प्रक्रिया अघि बढाउनेछ । राष्ट्रपतिले व्यवस्थापिका संसद्लाई पत्र पठाई बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन थाल्न आग्रह गर्नेछिन् । संसद्ले बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच विगतमा भएको सहमति अनुसार वर्तमान गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिनेछन् । संसद्मा प्रधानमन्त्री चयन प्रक्रिय सुचारु ढंगलअघि वर्तमान गठबन्धनबाटै देउवा जेठ २२ गते भित्र प्रधानमन्त्रीमा निर्वाचित हुने छन्। 

 

प्रकाशित: १५ जेष्ठ २०७४ १४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App