८ वैशाख २०८१ शनिबार
अर्थ

मेलम्ची खानेपानीलाई ६ अर्ब, सिँचाईको लागि २७ अर्ब बजेट छुट्याइयो

काठमाडौँ – प्रतिक्षारत मेलम्ची खानेपानी आयोजनाका लागि सरकारले ६ अर्ब ५७ करोड बजेट विनियोजन गरेको छ । 

व्यवस्थापिका संसदमा बजेट भाषण गर्दै अर्थ मन्त्री कृष्णबहादुर महराले सिक्टा सिँचाई आगामी दुई वर्षमा सकिने बताएका छन् । त्यस्तै सेना, प्रहरी र निजामती कर्मचारीको लगानीमा ५०० मेघावाट विद्युत उत्पादनको लक्ष्य राखिएको समेत उनले बताए  ।

त्यसैगरी सरकारले सिँचाई विकासका लागि २७ अर्ब ४१ करोड बजेट छुट्याएको छ। 

 

प्रकाशित: १५ जेष्ठ २०७४ १२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App