coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

स्थानीय तहका लागि बजेट कति ?

काठमाडौँ – अर्थमन्त्री कृष्णबहादुर महराले सरकारका तर्फबाट आर्थिक वर्ष २०७४÷७५ को अनुमानित आयव्यव विवरण (बजेट) प्रस्तुत गरिरहेका छन्। 

 स्थानीय तहलाई जनसंख्या विकासको अवस्था र लागत समायोजन र क्षेत्रफललाई मानक मानी स्थानीय तह विकासका लागि गाउँपालिकालाई न्यूनतम  १० करोड र अधिकतम ३९ करोड छुट्याइएको छ । 

त्यसैगरी नगरपालिकालाई न्यूनतम १५ करोड  अधिकतम ४३ करोड, उपमहानगरपालिकालाई न्यूनतम ४० करोड अधिकतम ६३ करोड र महानगरपालिकालाई न्यूनतम ५६ करोड अधिकतम १ अर्ब २४ करोड बजेट छुट्याइएको छ । 

यसको अतिरिक्त  स्थानीय तहमा सशक्त अनुदान स्वरुप सरकारले ७६ अर्ब ४१ करोड बजेट छुट्याएको छ । यस अन्तर्गत गाउँपालिकाले १ करोड २० देखि १७ करोड २२ लाख, नगरपालिकाले ३ करोड ९५ लाख देखि ३१ करोड २७ लाख, उपमहानगरपालिकामा १४ करोड ८० लाख देखि ३१ करोड र महानगर पालिकामा २८ करोडर १२ लाख देखि ७८ करोड ३९ लाख बजेट विनियोजन गरिएको छ । 

 

प्रकाशित: १५ जेष्ठ २०७४ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App