coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भरतपुरको मतगणना १७ जेठसम्म स्थगित

काठमाडौं—निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणना जेठ १७ सम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ। मतपत्र च्यातिएको विषय छानवीन गर्न गठित समितिको प्रतिवेदन आएपछि मात्र मतगणना सुचारु गर्ने आयोगले जनाएको छ।

'जेठ १७ गतेसम्मका लागि भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ। छानवीन समितिको प्रतिवेदन आएपछि थप निर्णय हुन्छ', निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नागरिकन्युजसँग भने।

'जेठ १७ गतेसम्मका लागि भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ। छानवीन समितिको प्रतिवेदन आएपछि थप निर्णय हुन्छ', निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नागरिकन्युजसँग भने।

यसअघि आयोगले सह-महान्याधिवक्ता गीताप्रसाद तिमिल्सीनाको संयोजकत्वमा तीन सदस्यीय छनविन समिति गठन गरेको थियो। समितिमा गृहमन्त्रालयका सहसचिव र प्रहरी नायव महानिरीक्षक सदस्य छन्। उनका अनुसार समितिले १७ गतेभित्र छानविन तथा अनुगमन समितिले प्रतिवेदन पेश गरिसक्नेछ।

भरतपुर महानगरपालिकाको मतगणना भइरहँदा आइतबार मध्यराति माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्यातेका थिए। मतपत्र च्यातेको आरोपमा चितवन प्रहरीले माओवादीका दुई कार्यकर्ता पक्राउ परेका छन्।

प्रकाशित: १५ जेष्ठ २०७४ १०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App