coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ज्यानै जोगाउन गाह्रो भयो : भरतपुरका मुख्य निर्वाचन अधिकृत न्यौपाने

मुख्य निर्वाचन अधिकृत कवीप्रसाद न्यौपाने

भरतपुर महानगरपालिकाको मत गणना भइरहँदा मुख्य निर्वाचन अधिकृत मतगणनास्थल कभर्डहलमै थिए। मध्यरात सामान्य विवादपछि माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्याते। प्रहरीले माओवादीका दुई बुथ प्रतिनिधिलाई पक्राउ गरेको छ। घटनाबारे सञ्चारकर्मीसँग कुरा गर्दै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने भन्छन्, ‘रणभूमिमा के कति हताहती भयो भनेजस्तै स्थिति छ। कसले च्यात्यो, कतिवटा मतपत्र च्यातियो भन्न सक्ने स्थिति छैन।’  पढ्नुहोस् अन्तरर्वाता

मतपत्र कसले च्यातेको हो?
मतपत्र च्यात्ने घटना हुँदा म बाथरुम गएको थिएँ। फर्केर आउँदा त्यहाँ रणभूमि बनेको थियो। कसले च्यात्यो भनेर भन्न सक्ने स्थिति छैन। त्यो दृश्य देखेर मैले तत्काल मतगणना कार्यलाई स्थगित गरेको छु।

कति समयलाई स्थगित हुन्छ?
निश्चित छैन। म यो सबै घटनाको प्रतिवेदन निर्वाचन आयोगलाई दिन्छु। त्यसपछि अरु कानुनी प्रक्रिया अघि बढ्छ।

कति मतपत्र च्यातिएका छन्?
रणभूमिमा के कति हताहती भयो भने जस्तै स्थिति रहेकोले कसले च्यात्यो, कतिवटा मतपत्र च्यातियो भनेर भन्न सक्ने स्थिति छैन।

मतपत्र च्यात्नुअघि विवाद भएको थियो कि थिएन?
मतपत्र च्यातिनु अघि विवाद भएको स्थिति मेरो जानकारीमा छैन।

अबको प्रक्रिया के हुन्छ?
यो मतगणनाको सम्पूर्ण प्रक्रिया स्थगित गर्छु। आयोगलाई प्रतिवेदन दिन्छु। त्यसपछिके हुन्छ थाहा हुन्छ।

मतपत्र च्यात्ने दुई जनलाई प्रहरीले पक्राउ गरेको छ। तपाइँलाई केही जानकारी छ?
पक्राउ परेका छन् भन्ने मैले सुनेको छु। उनीहरुलाई मैले भेट्न पाएको छैन। प्रहरी आफ्नो बर्कतले भ्याएसम्म सुरक्षा दिन लागिरहेको छ। यहाँ ज्यान जोगाउन गाह्रो पर्ने स्थिति रहेकाले को के कति पक्राउ परे मलाई थाहा छैन।

प्रस्तुतिः रमेशकुमार पाैडेल

यो पनि पढ्नुहोस्

प्रकाशित: १५ जेष्ठ २०७४ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App