coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पुनःनिर्वाचन एमालेलाई अस्विकार्य, मतगणना सुचारु गर्न माग

चितवन- आइतबार मध्यरातमा मतपत्र च्यातिएको विवादपछि स्थागित भएको भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न नेकपा (एमाले) चितवनले माग गरेको छ। एमालेले सो कार्य माओवादी केन्द्रका नेताको निर्देशनमा उक्त पार्टीका द्रोणबाबु सिवाकोटी, मधु न्यौपानले लगायतको संलग्नतामा भएको बताएको छ।

मतगणना सुरु गर्नुपर्ने आफ्नो माग यथावत रहेको र त्यसो नगरी वडा नं. १९ मा पुन:निर्वाचन गराए एमालेलाई स्वीकार्य नहुने अध्यक्ष पोखरेलको भनाइ छ।

'उक्त मतपत्रहरु च्यातिँदाको अवस्थामै रङ्गे हात नजिकै रहेका सुरक्षाकर्मीले तत्कालै केन्द्रका नेता एवं घटनाका मुख्य दोषी द्रोण सिवाकोटी र मधु न्यौपानेलाई पक्राउसमेत गरेको छ,' सोमबार बिहान भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा एमाले चितवनले वितरण गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।

मतपत्र च्यातिएपछि हामीले तत्कालै च्यातिएको मतपत्र र घटनाबारे सत्यतथ्य जानकारी मिडियामार्फत सार्वजनिक गर्न र च्यातिएका मतपत्रहरु अलग राखी बाँकी मतपत्र तत्काल गणना गर्नुपर्छ भनेर निर्वाचन अधिकृतसामु माग राखेका थियौं,' एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले भने। तर निर्वाचन अधिकृतले सुनुवाइ नगरेर स्थगित गरेको उनले बताए।

भरतपुर महानगरपालिकाको मत गणना अन्तिम अस्वाथमा पुगेका बेलामा आइतबार मध्यरातमा मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मत गणना स्थगित भएको र प्रतिवेदन तयार गरेर निर्वाचन आयोगमा पठाउने बताएका थिए। आयोगले दिने निर्देशन र कानुनी प्रकृयाअनुसार बाँकी काम हुने उनले बताएका थिए।

मतगणना सुरु गर्नुपर्ने आफ्नो माग यथावत रहेको र त्यसो नगरी वडा नं. १९ मा पुन:निर्वाचन गराए एमालेलाई स्वीकार्य नहुने अध्यक्ष पोखरेलको भनाइ छ। मत गणना बाँकी रहेका वडा नं. १९ र २० मध्ये हिजो राति वडा नं. १९ को मतगणना चल्दै थियो। मतगणनाअनुसार मेयरमा एमाले उम्मेद्वार देवी ज्ञवाली माओवादी उम्मेद्वार सामान्य मत अन्तरले अगाडि थिए।

 भरतपुरमा सत्तारुढ दल कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच चुनाबी तालमेल छ। मेयरमा कांग्रेसले माओवादी उम्मेद्वार रेणु दाहाललाई समर्थन गरेको छ। अब मत गन्न बाँकी रहेका वडाहरु कांग्रेसको पकड क्षेत्रका वडा हुन्। वडा नं. १९ को मत गणना भइरहँदा प्रारम्भिक नतिजामा एमालेका उम्मेद्वार देवी ज्ञवालीले राम्रै मत ल्याउँदै गरेको देखिएको थियो।

प्रकाशित: १५ जेष्ठ २०७४ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App