७ वैशाख २०८१ शुक्रबार
खेल

आर्सनललाई कीर्तिमानी उपाधि

लन्डन- आरोन रामसेले ७९औं मिनेटमा गरेको हेड गोलमा शनिबार आर्सनलले दोहोरो उपाधिको खोजमा रहेको चेल्सीमाथि २-१ को सनसनीपूर्ण जित हात पार्दै  आर्सेन वेंगरको प्रशिक्षणमा कीर्तिमानी सातौं पटक एएफए कपको उपाधि जितेको छ।

आर्सनललाई पछिल्लो २० वर्षमा पहिलो पटक च्यापियन्स लिगमा छनोट गराउन असफल भए पनि यस जितपछि दबाबमा रहेका प्रशिक्षक वेंगरले एस्टन भिल्लाका जर्ज रामसेले एफए कपमा बनाएको महान् प्रशिक्षकको कीर्तिमान तोड्दै सिजनको सुखद अन्त्य गरेका छन्।

छैटांै स्थानमा रहँदै सिजनको प्रिमियर लिग अन्त्य गरेसँगै च्याम्पियन्स लिगमा छनोट हुन असफल भएपछि उनीमाथि आफ्नै समर्थकले तत्काल क्लब छाड्न चर्को दबाब दिएका थिए।

वेम्बलीमा सम्पन्न खेलको चौथो मिनेटमा स्ट्राइकर एलेक्स सान्चेजको विवादित गोलमा आर्सनलले अग्र्रता लिएको थियो।

एनगोलो कान्टेको प्रहार रोक्दै सान्चेजले चेल्सीका गोलकिपर थियावाउट कोर्टोइसलाई कुनै मौका नदिई बललाई पोस्टको दिशा दिएका थिए। सहायक रेफ्रीले रामसे अफसाइड भएको भन्दै झन्डा उठाए पनि उनले बल नछोएका कारण आर्सनलको गोल मान्य भएको थियो।

रेफ्री एन्थोनी टेलरले सहायक रेफ्रीसँगको छलफलपछि रामसे अफसाइड नभएको भन्दै निर्णय सच्याएका थिए। तर रिप्लेमा कान्टेको प्रहार रोक्दा सान्चेजले हातले बल छोएको देखिएको थियो।

६८औं मिनेटमा रक्षक भिक्टर मोसेस दोस्रो पहेँलो कार्ड दर्शन गर्दै मैदानबाट बाहिरिएपछि चेल्सीले अन्तिम २२ मिनेट १० खेलाडीमा सीमित हँुदै अन्त्य गरेको थियो। आर्सनलको बक्समा अनावश्यक डाइभ हानेको भन्दै रेफ्रीले उनलाई दोस्रो पहेँलो कार्डको दर्शन गराएका थिए।

७६औं मिनेटमा डिएगो कोस्टाले गोल गरेपछि चेल्सी खेलमा फर्किएको थियो। कोस्टाले विलियनको पसलाई पोस्टको दिशा दिएका थिए।

तर त्यसको ३ मिनेटपछि नै रामसेले ओलिभर जिरौडको पासमा हेड गोल गर्दै आर्सनलको जित पक्का गरेका थिए। एफए कपमा उनले निर्णायक गोल गरेको यो दोस्रो पटक हो।

‘यो टोली पीडित भइरहेको थियो,’ वेंगरले भने, ‘उनीहरू एकीकृत भएर खेलमा राम्रो प्रतिक्रिया दिए। उनीहरूले एकताको शक्ति देखाउँदै आज उत्कृष्ट फुटबल खेले। सातांै पटक एफए कपको उपाधि जित्दा मलाई गर्वको महसुस भएको छ।’

रक्षापंक्तिको समस्याबाट ग्रसित आर्सनलले पछिल्लो चार सिजनमा जितेको यो तेस्रो एफए कप उपाधि हो। यस जितपछि वेंगरको टोली  समग्रमा १३ओंै पटक एफए कपको उपाधि जित्दै प्रतियोगिताको अहिलेसम्मकै सफल क्लब बन्न सफल भएको छ। यसअघि म्यानचेस्टर युनाइटेड र आर्सनलले समान १२औं पटक यस प्रतियोगिताको उपाधि जितेका थिए।

यता चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेको इङ्लिस प्रिमियर लिग र एफए कप गरी दोस्रो पटक सिजनको दोहोरो उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन।

‘पहिलो गोलमा विपक्षी खेलाडीले दुवै हातले बल छोएका थिए,’ कोन्टेले भने, ‘फाइनल खेलको नतिजा निराशाजनक छ तर समग्रमा यो सिजन हाम्रो लागि अद्भुत रह्यो।’

यस जितले वेंगरलाई भने राहतको सास फेर्ने राम्रो मौका दिएको छ। मंगलबार बस्ने बोर्ड बैठकले उनी आर्सनलमा रहने वा नरहने भन्ने निर्धारण गर्ने बताइएको छ।

ज्ाारी सिजनमा उनीप्रति असन्तुष्टि बढे पनि क्लबले उनलाई दुईवर्षे सम्झौताका लागि प्रस्ताव गरेको खबर सार्वजनिक भएका छन्। शनिबारको जितले असन्तुष्ट रहेका उनका केही समर्थकको मन जित्ने विश्वास लिइएको छ।

‘पक्कै पनि म उनी क्लबमै रहून् भन्ने चाहन्छु र यसका लागि उनी हकदार छन्,’ रामसेले भने, ‘मैले फेरि विजयी गोल गरेको छु। मलाई यो प्रतियोगिता मन पर्छ।’

यस जितपछि वेंगरको टोली  समग्रमा १३औं पटक एफए कपको उपाधि जित्दै प्रतियोगिताको अहिलेसम्मकै सफल क्लब बन्न सफल भएको छ।

प्रकाशित: १५ जेष्ठ २०७४ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App