७ वैशाख २०८१ शुक्रबार
राजनीति

माअाेवादी बुथ प्रतिनिधिले मतपत्र च्यातेकाे पुष्टि, दुई पक्राउ

मतगणनास्थलमा सुरक्षाकर्मी

चितवन- भरतपुर महानगरपालिकाकाे मतपत्र माअाेवादीले च्यातेकाे चितवन प्रहरीले पुष्टि गरेकाे छ। निर्वाचन अधिकृतले अाफू बाथरूम गएकाे बेला मतपत्र च्यातिकाले केही नदेखेकाे भन्दै घटनालाइ रहस्यम बनाइरहँदा प्रहरीले माअाेवादीका दुइ बुथ प्रतिनिधिलाइ मतगणना स्थलबाटै पक्राउ गरेकाे जनाएकाे हाे।

एउटा समूहको प्रतिनिधि बाँदरझै उफ्रेर मत पत्र समात्न गए। चार पाँचवटा जति च्याते पनि। उनी उफ्रेको देख्ने वित्तिकै म तत्काल त्यता बढे। उनलाई समातेँ। त्यसपछि थप व्यक्ति पनि समातिए। उनीहरु मधु न्यौपाने र द्रोणबाबु सिवाकोटी हुन्। उनीहरु माओवादी केन्द्रका प्रतिनिधि हुन्।

भरतपुर महानगरपालिकाको मेयर पदमा प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु र एमालेका देवी ज्ञवालीबीच मेयर पदका लागि राेमाञ्चक प्रतिस्पर्धा भइरहेको थियाे।

मतपत्र च्यातिँदासम्म एमालेका ज्ञवाली ४१ हजार ६४१ मतसहित अगाडि थिए। माअाेवादीकी रेणुकाे ४० हजार ९०८ मत पुगेकाे थियाे।

१९ नम्बर वडाको मत गणना सुरु भएपछि माअाेवादीकी रेणु दाहालकाे मतान्तर निकै घट्न सक्ने अनुमान विपरित १८ सय मत गणना हुँदा ज्ञवालीले अग्रताबाट केबल ५१ मत मात्रै गुमाएकाे अवस्थामा घटना भएकाे हाे।

मध्यरातमा माअाेवादीले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाकाे मतगणना स्थगित गरिएकाे छ।

मतपत्र च्यातेकाे घटनाबारे चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले नागरिकन्युजसँग कुरा गर्दै :

मत गणना शान्तिपूर्ण रुपमा भइरहेकाे थियो। कभर्ड हल भित्रको वातावरण सौहार्दपूर्ण थियो। म र डिएसपी सा'बसमेत गरेर त्यो बेला ३३ प्रहरी मतगणनास्थलमै थियौं। पार्टीका मुख्य मुख्य नेताहरु पनि थिए।

छवटा समूह बनाएर मत गन्ने काम हुन्छ, हिजो पनि त्यही भइरहेको थियो। कतै गणना भइरहेको थियो, कतै सकेर रेजा गन्ने काम हुँदै थियो। जसमध्ये दुईवटा समूहमा विवाद निस्कियो। त्यतिबेला रातकाे करिब १२ बजेकाे हुँदाे हाे।

विवाद हुँदै थियो एउटा समूहको प्रतिनिधि बाँदरझै उफ्रेर मत पत्र समात्न गए। चार पाँचवटा जति च्याते पनि। उनी उफ्रेको देख्ने वित्तिकै म तत्काल त्यता बढे। उनलाई समातेँ। त्यसपछि थप व्यक्ति पनि समातिए। उनीहरु मधु न्यौपाने र द्रोणबाबु सिवाकोटी हुन्। उनीहरु माओवादी केन्द्रका प्रतिनिधि हुन्। त्यहाँ पार्टीले तोकेका प्रतिनिधिहरु नै थिए। त्योभन्दा बाहेकका व्यक्तिहरु भित्र थिएनन्। 

गन्दै गरेको त्यस्तै चार पाँचवटाको हाराहारीमा मतपत्रहरु च्यातिएको अवस्था छ। गनेर भ्याएको मुठोको मतपत्रहरु पनि च्यातिएका छन्। जसको नतिजा सार्वजनिक भइसकेको थिएन। हिजो मध्यारतमा भएको घटना यही हो। हामीले सबै मतपत्र र टुक्राहरुसमेत एकै ठाउँ संकलन गरेका छौं। मुख्य निर्वाचन अधिकृतको कार्यालयले अर्को सूचना नहुँदासम्म मत गणना नहुने सूचना निकालेको छ।

वडा नं. १९ को मत गणना हुँदै थियो। २० को बाँकी नै छ। कभर्ड हलको गेटमा निर्वाचन आयोगले ताला लगाएर सिल गरेको छ। एमालेले पनि ताला लगाएको छ। अरु पार्टीहरुलाई पनि ताला लगाउन भनेका छन्। मत गणना स्थल वरपर निषेधित क्षेत्र कायम गरेर नारा जुलुस गर्न नपाउने व्यवस्था मिलाउँदैछौं।

प्रकाशित: १५ जेष्ठ २०७४ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App