८ वैशाख २०८१ शनिबार
राजनीति

भरतपुरमा अब कति मत गणना हुन बाँकी?

भरतपुरमा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली तथा माओवादीकी रेणु दाहाल

चितवन—भरतपुर महानगरपालिकामा मेयर प्रत्यासीबीच रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ। तीब्र प्रतिस्पर्धाका कारण अन्तिम दुई वटा वडाको मतगणना बाँकी हुँदासमेत मेयरमा को विजयी हुन्छ भनेर भन्न सक्ने अवस्था छैन।

२१ नं. वडाको मत परिणामपछि दाहाल र ज्ञवालीबीच जम्मा ७८४ मतको मात्र अन्तर देखिएको थियो।

अहिले मतगणना चलिरहेको १९ नं. वडा शारदानगर, रामपुर, किरणगन्ज, गुञ्जनगर क्षेत्र हो। वडा नं. १९ मा २ हजार ८८७ मत खसेको छ। सो वडाको पहिलो ६ सय मतको परिणामले एमालेका ज्ञवाली र माओवादी दाहालबीच मात्र ७६४ मतको अतन्तर देखाएको हो।

वडा नं.१९ को प्रारम्भिक गणनाको नतिजाले त्यो अन्तर अझ घटाएर ६६४ मा झारेको छ। पछिल्लो परिणामअनुसार एमालेका ज्ञवाली ४१ हजार २०१ मतका साथ अगाडि छन्। माओवादीकी दाहाल ४० हजार ४३७ मतका साथ एमालेका ज्ञवालीलाई पछ्‌याइरहेकी छिन्। 

भरतपुर महानगरका वडा नं. १९ र २० मा गरी कूल ६ हजार २०५ मत खसेको थियो। त्यो मध्ये ५ हजार ६०५ मत गणना हुन बाँकी छ।

अहिले मतगणना चलिरहेको १९ नं. वडा शारदानगर, रामपुर, किरणगन्ज, गुञ्जनगर क्षेत्र हो। वडा नं. १९ मा २ हजार ८८७ मत खसेको छ। सो वडाको पहिलो ६ सय मतको परिणामले एमालेका ज्ञवाली र माओवादी दाहालबीच मात्र ७६४ मतको अतन्तर देखाएको हछ।

मत गणना हुन बाँकी २० नं. वडा भीमनगर, सिमलटाँडी क्षेत्र हो। वडा नं. २० मा ३ हजार ३१८ मत खसेको छ। यी दुई वडाको मतपरिणामले भरतपुरको मेयर को हुने भन्ने तय गर्नेछ।

भरतपुर महानगरपालिकामा कूल २९ वडा छन्। ती मध्ये २७ वटा वडाको मतगणना सकिएको छ। २१ नं. वडाको मतगणनाको ट्रेन्डले एमाले उम्मेदवारलाई विजयका लागि ढुक्क हुन सक्ने छुट दिएन। मंगलबारसम्म ज्ञवाली दाहालभन्दा ३८ सय ३६ मत अन्तरमा पुगेका थिए।

भरतपुरलाई महानगर बनाउन तत्कालीन भरतपुर उपमहानगरपालिकामा पश्चिम चितवनका नारायणी र चित्रवन नगरपालिका मिसाइएको थियो। चित्रवनका बासिन्दा महानगरमा नमिसिने अडानमा थिए। उनीहरूले आन्दोलनसमेत गरेका थिए। सोही क्षेत्रका बासिन्दाको बाक्सामा कैद मत गणना भइसक्दा भरतपुर महानगरपालिकाको पहिलो मेयर घोषणा हुनेछन्।

मतपरिणाम आउन बाँकी वडा १९ र २० चितवन निर्वाचन क्षेत्र नम्बर चारमा पर्छन्। मत आउने हिसाबले ती १९ र २० वडा एमाले भन्दा काँग्रेस मतदाता धेरै भएको क्षेत्र मानिन्छन्। यस कारण पनि मेयर को हुन्छ भनेर अझै भन्न सक्ने स्थिति छैन।

मेयर प्रत्यासीको उम्मेदवारी दर्तासँगै भरतपुर महानगरपालिका चर्चित बनेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालपुत्री रेणु काँग्रेस माओवादी गठबन्धनकी संयुक्त उम्मेदवार हुन्। जित्ने बलियो सम्भावना रहेको ठाउँमा मेयर पद फिर्ता लिएर काँग्रेसले माओवादीको उम्मेद्वार रेणुलाई समर्थन गरेको थियो। माओवादीसँगको तालमेलप्रति स्थानीय काँग्रेस कार्यकर्ता सुरुमा आक्रोशित भएका थिए। स्थिति साम्य पार्न माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले भरतपुर आएर एउटै मञ्चबाट भोट मागेका थिए।

२७ वडाको नतिजा आउँदा २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ नम्बरका वडाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन्। कांग्रेसका उम्मेदवारहरू १, ३, ६, ८, १४, १५, १७, १८, २१ र २७ नम्बर मा विजयी भएका छन्। माओवादीका उम्मेदवारहरू १३, २५ र २६ नम्बर वडामा वडाध्यक्षमा विजयी भएका छन्।

प्रकाशित: १४ जेष्ठ २०७४ १४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App