गोमा एयर दुर्घटना जाँच आयोग गठन

आइतबार, १४ जेठ २०७४, १९ : ०० नागरिक

काठमाडौँ- सरकारले गोमा एयरको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ।

दुर्घटनाबारे विस्तृत छानबिन गरी ९० दिनभित्र प्रतिवेदन पेस गर्नेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रिस्तरको आजको निर्णयानुसार आयोग गठन गरिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।

आयोगको अध्यक्षमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर, सदस्यमा सैनिक हवाई महानिर्देशनालयका महासेनानी, क्याप्टेन आशिष नरसिङ राणा, तारा एयरका वरिष्ठ क्याप्टेन बोधराज निरौला, मनाङ् एयरका वरिष्ठ ईन्जिनियर दीगम्बर राजभण्डारी र सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन्।

दुर्घटनामा परी दिवङ्गत हुनुभएका चालक दलका सदस्यको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै उक्त दुर्घटनामा परी घाइते हुनुभएकी विमान परिचारिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

काठमाडौँबाट लुक्लाका लागि कार्गो उडानमा रहेको गोमा एयरको विमान लुक्ला विमानस्थल अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । उक्त विमानमा सवार चालक पारसकुमार राई र सहचालक श्रीजन मानन्धरको मृत्यु भएको थियो । परिचारिका प्रज्ञा महर्जनको काठमाडौँमा उपचार भइरहेको छ। रासस

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad