coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थानीय तह चुनावको विरोधमा राजपाको प्रदर्शन

महोत्तरी- दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टीले सदरमुकाम जलेश्वरमा आईतबार लाठि (भाँटा) जुलुस प्रर्दशन गरेको छ।

जलेश्वरस्थित राजापन नेपालको पार्टी कार्यालयबाट शुरु भएको लाठि जुलुस जलेश्वर नगरको विभिन्नको परिक्रमा गरेको थियो।

जुलुसमा सहभागि राजपा नेपालका नेताहरुले जेठ ३१ गते तोकिएको दोस्रो चरणको स्थानीय तहको चुनाव स्थगित गर्नु पर्ने , परिमार्जन सहितको संविधान संशोधन गर्नुपर्ने , आन्दोलनको क्रममा राजपा नेपालको नेता कार्यकर्ताहरु माथि लगाइएको झुठा मुद्दा फिर्ता गर्नु पर्ने र जनसंख्याको आधारमा प्रतिनिधित्व हुने गरि स्थानीय तहको सीमाना निर्धारण गर्न माग गरेका थिए।

राजपका नेता सुरेस सिंहले आफ्ना मागको उचित्त सम्बोधन नगरि बलजफति चुनाव गराउन खोजे मुठभेडको स्थिति आउने र यसको जिम्मेवारी नेपाल सरकारले लिनु पर्ने चेतावनी दिए।

प्रकाशित: १४ जेष्ठ २०७४ ११:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App