८ वैशाख २०८१ शनिबार
समाज

२१ हजार ९ सय विद्यार्थीलाई छात्रवृति

भोजपुर – भोजपुरका करिब २१ हजार बढी विद्यार्थीहरूले छात्रवृति पाएका छन् । जिल्लाका ३ सय ८६ सामुदायिक विद्यालयका छात्रा, दलित, आपाङ्ग, सिमान्कृत, लगायत गरी २१ हजार ९ सय ४३ जना विद्याथीले यस वर्षको छात्रवृति पाएका हुन् ।  

आधारभूत तहका १६ हजार १ सय ७४ जना छात्रालाई ४ सयको दरले  ६४ लाख ६९ हजार ६ सय, आधारभूत तहकै दलित छात्रवृति, ४ हजार ६५ जनालाई प्रति विद्यार्थी ४ सय कै दरले १६ लाख २६ हजार  र अपाङ्ग छात्रवृति २ सय ८८ जनालाई १ हजारका दरले २ लाख ८८ हजार वितरण गरिएको छ । 

त्यस्तै कक्षा ९ र १० का ९ सय जनालाई  १७ सय का दरले १५ लाख ३० हजार, दलिततर्फ ४ सय ८६ जनालाई ५ सयका दरले २ लाख ४३ हजार र अपाङ्गता भएका ३० जनालाई १ हजारका दरले ३० हजार वितरण गरिएको जिल्ला शिक्षा कार्यालयका साखा अधिकृत मान बहादुर देवकोटाले जानकारी दिए ।

जिल्ला भर छात्रवृतिको लागि १ करोड १ लाख ८५ हजार ५ सय रकम खर्च भएको छ । जिल्ला भरका सम्पूर्ण विद्यालयका लक्षित विद्यार्थीलाई आइतबार एक साथ छात्रवृति वितरण गरिएको हो । 

प्रकाशित: १४ जेष्ठ २०७४ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App