८ वैशाख २०८१ शनिबार
अन्य

भरतपुरको उपमेयरमा काँग्रेसकी शाह विजयी

भरतपुर महानगरपालिकाकी नवनिर्वाचित उपमेयर

काठमाडौं—स्थानीय निर्वाचन पहिलो चरणको सबैभन्दा चर्चित स्थानीय तह भरतपुर महानगरपालिकाको उपमेयरमा काँग्रेसकी पार्वती शाह विजयी भएकी छिन्। दुई वटा वडाको मत गणना हुन बाँकी हुँदै उनले आफ्नो जीत सुनिश्चित गरेकी हुन्।

२७ वटा वडाको गणनापछि काँग्रेसकी उपमेर प्रत्यासी शाह एमालेकी दिव्य शर्माभन्दा ६ हजार ३९९ मतले अगाडि छिन्। भरतपुरका कूल २९ मध्ये १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी छ। दुई वटा वडामा गरी कूल ६ हजार २०५ मत खसेको छ। एमालेकी दिव्य शर्माले गणना हुन बाँकी सबै मत पाउँदा पनि शाह नै विजय हुनेछिन्।

दुई वटा वडाको मत गणना नगर्दै काँग्रेसकी शाहको मतसंख्या ४४ हजार ७९ छ। उनकी निकटम प्रतिद्वन्द्वी दिव्य शर्माले ३७ हजार ६८० मत पाएकी छिन्। वडा नं. १९ र २० को मत गणनापछि मात्र निर्वाचन अायोगले अाधिकारिक रुपमा शाहलाई विजयी घोषणा गर्नेछ।

मेयर प्रत्यासीको उम्मेदवारी दर्तासँगै भरतपुर महानगरपालिका चर्चित बनेको थियो।

२७ वटा वडाको गणनापछि काँग्रेसकी उपमेर प्रत्यासी शाह ६ हजार ३९९ मतले अगाडि पुगिसकेकी छिन्। भरतपुर महानगरका २९ मध्ये १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी छ। दुई वटा वडामा कूल ६ हजार २०५ मत खसेको छ। एमालेकी दिव्य शर्माले गणना हुन बाँकी सबै मत पाउँदा पनि शाह नै विजय हुनेछिन्।

भरतपुर महानगरपालिकाको दुई वटा वडाको मत गणना गर्न बाँकी हुँदा मेयर प्रत्यासीबीचको प्रतिस्पर्धा अत्यन्त रोमाञ्चक देखिएको छ। २१ नं. वडामा काँग्रेसले वडा अध्यक्ष जित्दा माओवादीकी मेयर प्रत्यासी रेणु दाहालले मतान्तर छोट्याउँदै ७८४ मा झारेकी छिन्। दुई वडाको मतपरिणाम आउन बाँकी रहँदा दुई उम्मेदवारबीच ७८४ मतको मात्र अन्तर देखिएको हो।

पछिल्लो परिणामअनुसार एमालेका मेयर प्रत्यासी ज्ञवाली ४० हजार ९८० मतका साथ अगाडि छन्। माओवादीकी दाहाल ४० हजार १९६ मतका साथ एमालेका ज्ञवालीलाई पछ्‌याइरहेकी छिन्।

प्रधानमन्त्री पुष्पकमल दाहालपुत्री रेणु काँग्रेस माओवादी गठबन्धनकी संयुक्त उम्मेदवार हुन्। जित्ने बलियो सम्भावना रहेको ठाउँमा मेयर पद फिर्ता लिएर काँग्रेसले माओवादीको उम्मेद्वार रेणुलाई समर्थन गरेको थियो। माओवादीसँगको तालमेलप्रति स्थानीय काँग्रेस कार्यकर्ता सुरुमा आक्रोशित भएका थिए। मतपरिणाम विश्लेषण गर्दा काँग्रेस मतदाताले दाहाललाई मत दिएको देखिएको छ।

यस कारण पनि मेयर को हुन्छ भनेर अझै भन्न सक्ने स्थिति छैन। मत आउने हिसाबले ती १९ र २० वडा एमाले भन्दा काँग्रेस मतदाता धेरै भएको क्षेत्र मानिन्छन्।

अब गणना हुन बाँकी वडा १९ र २० चितवन निर्वाचन क्षेत्र नम्बर चारमा पर्छन्। चार नम्बर क्षेत्रमा कांग्रेस बलियो मानिन्छ। ती दुवै वडा तत्कालीन चित्रवन नगरपालिकाअन्तर्गत थिए। साबिकको चित्रवन नगरपालिकामा कांग्रेसको प्रभाव क्षेत्र हो। भरतपुरको बजार क्षेत्रभन्दा बाहिर रेणुलाई कांग्रेस मतदाताको पनि राम्रै मत आइरहेको छ। त्यसैले ज्ञवालीले नै जित्छन् भनेर भन्न सक्ने स्थिति अझै छैन।

मतगणनाका क्रममा मंगलबारसम्म ज्ञवाली  दाहालभन्दा ३८ सय ३६ मत अन्तरमा पुगेका थिए। माओवादी र कांग्रेसको प्रभाव रहेका वडाको गणनापछि बिस्तारै मतान्तर घट्दै अहिलेको अवस्थामा आइपुगेको हो।

अहिलेसम्म नतिजा घोषणा भएकामध्ये २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ नम्बरका वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका उम्मेदवारहरू १, ३, ६, ८, १४, १५, १७, १८, २१ र २७ नम्बर मा विजयी भएका छन्। माओवादीका उम्मेदवारहरू १३, २५ र २६ नम्बर वडामा वडाध्यक्षमा विजयी भएका छन्।

भरतपुरलाई महानगर बनाउन तत्कालीन भरतपुर उपमहानगरपालिकामा पश्चिम चितवनका नारायणी र चित्रवन नगरपालिका मिसाइएको थियो। चित्रवनका बासिन्दा महानगरमा नमिसिने अडानमा थिए। उनीहरूले आन्दोलनसमेत गरेका थिए। अहिले सोही क्षेत्रका बासिन्दाको बाक्सामा कैद भएका मत गनेर सकिँदा भरतपुर महानगरपालिकाको पहिलो मेयर घोषणा हुने भएको छ।

प्रकाशित: १४ जेष्ठ २०७४ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App