८ वैशाख २०८१ शनिबार
राजनीति

शहरी विकास मन्त्री केसीका पूर्व पिए पक्राउ

काठमाडौँ –  शहरी विकास मन्त्री अर्जुननरसिंह केसीका पूर्व पिए सरोज केसी प्रक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उनलाई आइतबार सामाखुसीबाट पक्राउ गरेको हो । 

केसीले एक चिकित्सकलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल डाइरेक्टर पढ्न छात्रवृतिमा नाम निकालिदिने भन्दै पैसा लिएका थिए । चिकित्सकलाई छात्रवृतिमा नाम निस्किएको पत्र दिएपनि सो पत्र किर्ते भएको खुलेपछि उनीविरुद्ध ठगीमा मुद्दा चलेको थियो ।  

डाक्टर बनाउँछु भन्दै किर्ते कागज बनाइ ठगी गरेको अभियोग पुष्टि सँगै एक वर्ष कैद सजायँ तोकिए पनि केसी प्रभावका आधारमा जोगिदै आएका थिए ।

काठमाडौँ जिल्ला अदालतले उनीविरुद्धको अभियोग पुष्टि गर्दै कैद सजायँ र जरिवाना तोकेपनि उनी पक्राउ परेका थिएनन् । अदालतले कैद सजायँ तोक्दा उनी मन्त्री केसीको पिए थिए । आफ्नो पिए ठगीको फरार अपराधि भएको खुलेपछि मन्त्री केसीले उनलाई आफ्नो सहयोगीबाट हटाएका थिए । 

 

प्रकाशित: १४ जेष्ठ २०७४ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App