coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

खानेपानी र सरसफाईको काम सुरु भइसक्यो : नगर प्रमुख प्रजापति

भक्तपुर – भक्तपुरका दुई वटा नगरपालिकाका नवनिर्वाचित मेयरहरुले नगरका समस्या समाधानका लागि काम सुरु गरिसकेको जनाएका छन् । भक्तपुर र मध्यपुर थिमि नगरपालिकाका दुई नवनिर्वाचित नगरप्रमुखद्वारा यहाँको नगरलाई सम्वृद्ध बाउने घोषणा पनि गरेका छन्। 

रफत सञ्चार क्लबले आइतबार गरेको साक्षात्कारमा भक्तपुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख सुनिल प्रजापति र मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुनदर श्रेष्ठले घोषणापत्र अनुसार नगरको विकासमा लाग्न सुरु गरेको बताए।

भक्तपुरका नगरप्रमुख प्रजापतिले आगामी पाँच वर्ष भित्र भक्तपुर नगरलाई सफा, सुन्दर र स्वच्छ नगर बनाउने बताए । जनताले स्थानीय सरकार नगरमै पाएको अनुभूति गर्ने गरी पार्टीको घोषणा पत्रमा उल्लेख भए अनुसार काम गर्ने उनले जनाए । सुरुवातमा खानेपानी र सरसफाईको समस्या समाधान गर्ने कार्य भइसकेको उनले जानकारी गराए । खानेपानी समस्या समाधान गर्न खानेपानीका कर्मचारीसँग छलफल गरेर तत्काल खानेपानीको समुचित व्यवस्था गर्न आग्रह गरेको उनले सुनाए । साथै, खानेपानीको मुहानका रुपमा रहेको नगरकोटस्थित मुहान पोखरीको अवलोकन गरेको बताउँदै उनले मुहान पोखरी भन्दा माथि नगरकोट सडक विस्तारका क्रममा आएको फोहोर फाल्ने कार्यलाई ततकल रोक्नुपर्ने बताए।

प्रजापतिले सरसफाईको समस्या समाधानका लागि सरसफाई डिभिजन कार्यालयका कर्मचारीसँग छलफल गरेको बताए । ढलको उचित व्यबस्थान गर्दै भक्तपुरको हनुमानघाट र सल्लाघारीमा रहेका दुई उपचार पोखरीलाई जतिसक्दो छिटो संचालनमा ल्याएर ढलको सफाई गरेर मात्र पानी हनुमन्ते खोलामा लैजाने योजना बनाएको उनले सुनाए। 

भूकम्पले भत्काएको संरचनाहरू पुनःनिर्माणका लागि नगरपालिकाका उपप्रमुख आर्किटेक्ट इन्जिनियर रजनी जोशीलाई जिम्मेवारी दिइसकिएको बताउँदै उनले पुरातत्व विभाग र सरोकारवालाहरुसंग छलफल गरी पुर्ननिर्माणलाई तिव्रता दिने बताए। 
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरलाई शैक्षिक हव बनाउने बताए । उनले मध्यपुरमा रहेका शैक्षिक संस्थाहरुसंग समन्वय गर्ने, सरकारी र निजी विद्यालयहरुसंग समन्वय गरेर यहाँका सरकारी विद्यालयको गुणस्तर वृद्धि गर्ने कार्यक्रम अगाडि सार्ने बताए। 

प्रकाशित: १४ जेष्ठ २०७४ ०८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App