मतदाता शिक्षा सिक्दै डडेल्धुराका वृद्धवृद्धा

आइतबार, १४ जेठ २०७४, ११ : ४२ नागरिक

डडेल्धुरा – स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा डडेल्धुरामा मतदाता शिक्षा कार्यक्रम गाउँ गाउँमा भइरहेको छ । डडेल्धुराको सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा मतदाता शिक्षा दिनका लागि मतदाता स्वयंसेवक बढी सक्रिय रहेका छन्। 

मतपत्र झन्झटिलो भएकाले मतदाता शिक्षा लिनेमा बढीजसो वृद्धवृद्धा नै देखिएका छन् । युवायुवतीहरू विभिन्न सञ्चारमाध्यमबाट पनि मतदान गर्ने प्रक्रियाका बारेमा जानकारी लिन सक्ने भएकाले पनि वृद्धवृद्धा प्रत्यक्ष रूपमा मतदाता स्वयंसेवकबाट नै मतदाता शिक्षा सिकिरहेका स्वयंसेवकहरूको भनाइ रहेको छ। 

मतदान गर्नु धर्म भएकाले मत बदर नजाओस् भन्नका लागि मतदान गर्ने तरिकाका बारेमा जानकारी लिइरहेको डडेल्धुरा अमरगढी–७ ऐरी गाउँकी १०० वर्षीया मनु ऐरले बताए । सोही गाउँकी ७० वर्ष पार गरिसकेकी धनादेवी ऐरी मतदान गर्नका लागि खुसी हुँदै मतदाता स्वयंसेवकबाट मतदान गर्ने तरिकाका बारेमा छलफल गर्ने गरेको बताउँछन्। 

गाउँमा वृद्धवृद्धा एकठाउँमा भेला भएर मतदाता स्वंमसेवकबाट मतदान प्रक्रियाका बारेमा सिक्ने गरेका छन्। ७५ हजार ७८० मतदाता रहेको डडेल्धुरामा ६० वर्षभन्दा माथिका १२ हजार ४२४ वृद्धवृद्धा मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले जनाएको छ । चुनाव नजिकिँदै जाँदा यहाँका मतदात पनि मतदानका लागि हौसिएका छन् । यहाँका राजनीतिक दलहरू पनि घरदैलो अभियानमा व्यस्त रहेका छन्। रासस







यसमा तपाईको मत

अन्य समाचार

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Ncell Footer Ad