८ वैशाख २०८१ शनिबार
कला

किताब यात्रामा  'हरिबहादुर'

काठमाडौ- हास्य कलाकार हरिवंश आचार्य पुस्तक यात्रामा निस्किएका छन्। आचार्य गत साता सार्वजनिक उपन्यास 'हरिबहादुर' लाई आम मानिससम्म पुर्‍याउने उद्देश्यले यात्रामा निस्किएका हुन्। शुक्रबार औपचारिक कार्यक्रमका बीच किताब यात्राको शुभारम्भ गरियो।  

ग्राण्ड होटल ताहाचलमा आयोजना गरिएको कार्यक्रमपछि कलाकार मदनकृष्ण श्रेष्ठले लेखक आचार्य र किताब यात्राका समूहलाई विदाइ गरेका थिए।

कार्यक्रममा बोल्दै मदनकृष्ण श्रेष्ठले भने, 'पुस्तक लेखिन्छ तर त्यसलाई बजारमा पुर्‍याउने काम त्यति व्यवस्थित रूपमा गरिँदैन।  यो यात्राले पुस्तकलाई पाठकसम्म पुर्‍याउन महत्वपूर्ण काम गर्छ भन्ने लाग्छ ' उनले थपे, ' 'चिना हराएको मान्छे' को प्रकाशनपछि आत्मकथाको एउटा लहर नै आएको थियो। 'हरिबहादुर' को प्रकाशनपछि उपन्यास लेखनमा अर्को लहर आउँछ भन्ने मलाई विश्वास छ।'

प्रकाशन गृह फाइनप्रिन्टका कार्यकारी अधिकृत नीरज भारीले भने  फाइनप्रिन्टले स्थापनाकालदेखि नै पुस्तक प्रवर्द्धनमा नयाँनयाँ गरेको र किताब यात्रा पनि यसैको कडी भएको बताए। उनले भने,  'हामी पहिले पनि किताब यात्रामा गएका थियौं तर एउटा बस एउटा ट्रकसहित ६ जनाको टिम लिएर व्यवस्थित तरिकाबाट किताब यात्रा गरिएको यो सम्भवतः नेपालमा पहिलो हो।'

लेखक आचार्यले किताब यात्रालाई पठन संस्कृति विकास गर्ने उपयुक्त माध्यमको रूपमा चित्रण गरे। उनले भने, 'पठन संस्कृतिलाई व्यावसायिकतासँग जोड्ने राम्रो प्रयास हो यो किताब यात्रा। यस यात्रामा मैले पूर्वदेखि पश्चिमसम्मका पाठकसँग प्रत्यक्ष संवाद गर्नेछु। यो मेरा लागि सर्वथा नौलो अनुभव र पाठकको कुरा सुन्ने मौका हुनेछ।'

किताब यात्रा पोखरा, बुटवल, दाङ, सुर्खेत, कोहलपुर, धनगढी, चितवन, बिर्तामोड, विराटनगर, धरान र सिन्धुली गरी ११ ठाउँमा हुनेछ।  

प्रकाशित: १४ जेष्ठ २०७४ ०४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App