सांस्कृतिक सामन्तवाद र त्यसका असर

आइतबार, १४ जेठ २०७४, १० : ०६ नरेन्द्रजंग पिटर

पहिलो चरणको चुनाव सकियो। चुनावको चर्चा गर्दा अंकगणितमा मात्रै सीमित हुने छुट भने हुँदैन। चुनाव सामाजिक परिवर्तनका मानक सूची हुन्।  अंक त रूपमात्र हो तर यसले दिन खोजेको सन्देश के हो त? आउँदो चरणको चुनावमा के/कस्तो प्रभाव पार्ला? तालमेललाई मतदाता र कार्यकर्ताले कसरी लिए? तालमेलमा संस्थागत इमानदारिता भए वा मतदाताको विवेकले नै अन्तरघात जस्तो देखियो! किन नयाँ शक्ति  र राप्रपाले दयनीय अवस्था झेल्नुपर्‍यो? किन सहरी क्षेत्रमा विवेकशील र साझा पार्टीको जबर्जस्ती हस्तक्षेप भयो? तीनवटा फुट बेहोर्दा पनि माओवादीको यो स्थान कसरी रह्यो? नारा स्वीकार्ने, उपलब्धि, उपयोग र उपभोग गर्ने तर नेतृत्व नदिने मनोभावलाई माओवादीले कसरी लियो? वा आफैँप्रति फर्केर निर्मम समीक्षा त गर्‍यो? विप्लवको बहिष्कारले के/कस्तो अर्थ राख्छ र परिणामलाई कस्तो असर पार्‍यो? मिडियाको भूमिका कस्तो देखा परे? स्वतन्त्रताका आवरणमा हुने राजनीति कति स्वतन्त्र रहे? चुनावमा एनजियो/आइएनजियोको भूमिका के/कस्तो रह्यो? यी तमाम जिज्ञासाका भरपर्दो उत्तर खोजिनुपर्छ। तर यो लेख भने नेपाली राजनीतिमा रहेको सांस्कृतिक सामान्तवादमै केन्द्रित हुनेछ।

स्थायी सत्ताले दरवार र धर्म छाडेर 'कम्युनिस्ट' सँग राप्रपाले गरेको तालमेल पचाएन भने 'राष्ट्रवाद' को असली प्रतिनिधि एमालेलाई नै ठहर्‍यायो। माओवादी र कांग्रेस तालमेललाई अवसरवादी र अप्राकृतिक तालमेल भन्ने बुझ्यो।

देशमा गणतन्त्र त आयो तर हाम्रा मूल्य, मान्यता र आदर्शले गणतान्त्रिक संस्कृति पछ्याउन भने सकेन्। अझ  राजनीतिमा त सामन्तवाद नै हावी भयो। हरेक पार्टीका मूल नेतृत्व, उनीहरूको सोच र अभ्यास नियाल्यांै भने सामन्ती संस्कृति झल्कन्छ। यसले सामूहिकता, पार्टी पद्धति, सहयोद्धाको विश्वास पाउनुभन्दा पनि स्वकेन्द्रित मात्र बन्दै गएर आस र त्रासको केन्द्रमा फेरिँदै जान्छ। तर त्यसको राजनीतिक, दार्शनिक, सांस्कृतिक र आचरणबाट सिर्जनात्मक प्रतिरोध हुनुभन्दा पनि या मौन या कुण्ठा, आवेग, प्रतिशोध र प्रतिक्रियामात्र देखिरहेका छन्। सामन्तवाद टुट्न सक्छ तर झुक्न जान्दैन र सक्दैन। आफन्तको योग्यता, क्षमता र आलोचनात्मक चेत पटक्कै  सहनै सक्दैन्। जति टाढा छ त्यसैलाई सुन्दर र योग्य देख्छ भने योग्य प्रतिस्पर्धालाई दुश्मनी सोच्न पुग्छ। चाकरीलाई उम्दा समर्थक सोच्छ भने भिन्न मत सके सखाप पार्छ नसके सत्रु सोचेर त्यस्तै व्यवहार गर्छ। आफ्नैलाई घात गरेर अन्यलाई पोस्छ। राजनीतिमा सांस्कृतिक सामन्तवादको मार्गनिर्देश सिद्धान्त र गुरुमन्त्र भनेको अन्तरघात, प्रतिघात र अक्षमलाई औकात दिएर सक्षम प्रतिस्पर्धीबाट सुरक्षित रहन चाहनु हो । सिद्धान्तको राजनीतिलाई ध्वस्त पारेर सुविधाका भिड तयार गरेर आवेगी जनमत तयार गर्नु हो। यसले राजनीतिमा विचार, सिद्धान्त र खुला आचरणभन्दा पनि कोटरीका जोड/घटाउ र षड्यन्त्रलाई नै सफलताको सूत्र बनाउँछ। निजी सोचलाई पार्टीको आवरणमा पेस गर्छ।

शालीन, भद्र, सरल र सहज देखिनु तर विरोधीको जन्मपत्री डायरीमा नोट हुनु र कसैगरी पनि पार्टीभित्रका प्रतिस्पर्धीलाई साइजमा राख्न जुन कदम पनि चाल्न सक्नु यसका खुबी हुन। यस सिद्धान्तलाई मित्र चाहिँदैन, कार्यकर्ता चाहिँदैन्, राजनीतिक कमैया भएमात्र पुग्छ। चुनावी प्रतिनिधि पनि जनाधार भएको, नैतिक पुँजी भएको प्रतिनिधिभन्दा दरवारमा चाकरी र हाजिरी बजाउने राजनीतिक कमैया भए पुग्छ। त्यसैले यसले नैतिक पँुजी र चरम इच्छाशक्ति भएको राजनीतिक उत्तराधिकारी जन्माउनै सक्दैन्। सांस्कृतिक सामन्तवाद आफ्नै राजनीतिक सुरक्षाका लागि आलोचनात्मक चेत रहेका वा सिद्धान्तले राजनीतिलाई नेतृत्व गर्नुपर्छ भन्ने आफन्तलाई सहनै सक्दैन्। सिद्धान्तको राजनीति सुविधाको राजनीतिमा फेर्न गुट, गिरोहका वैशाखीलाई अझ भरण, पोषण र औचित्य सावित गदर्ैे त्यसैको अडेस लाग्छ। आफ्नै पार्टीभित्रको प्रतिस्पर्धीलाई हराएर, पन्छाएर सफल सोच्ने मनोभाव हुन्छ। अहिले सबै पार्टीको केन्द्रीय तहमै घात, प्रतिघात र आफ्नैलाई सबभन्दा ठूलो सत्रु देख्ने रोगका कारण भनेको सामन्तवादी संस्कृतिकै कचरा हुन्। चुनावमा अझ त्यो पर्दा लाग्न सकेन्, छर्लंगै देखा परे। सामन्तवादमा बजारको रिमिक्स भएपछि राजनीतिका लागि कसैगरी सत्ता प्राप्त गर्नु, टिकिरहनु, टिक्नका लागी जुन पनि साधनको औचित्य मान्नु हो। त्यो अनेकौँ संस्करण बनेर चुनावमा देखा परे।

संास्कृतिक सामन्तवादले निलेको राजनीतिक अभ्यास  

   दर्शन सिद्धान्तले मानिसलाई स्वभिमानी मात्रै हैन, अप्ठयारासँग जुध्ने, चुनौती सामना गर्ने हिम्मतिलो प्रतिरोधी क्षमतामात्रै हैन, आफँैलाई र समूहमाथि विश्वस्त पार्छ। तर, सांस्कृतिक सामन्तवादले भने चाकरीप्रथालाई प्रोत्साहन गर्दै कायर आफँैप्रति अविश्वासी भिडमनुवा जन्माउँछ। नेता जन्माउँदैन् नाइके, ठेकेदार जन्माउने कारखाना बन्छ। प्रतिबद्धता, समाज र सिद्धान्तमा भन्दा शक्तिकेन्द्ररूपी दरवार सोचेर भाकलमा, पूजामा, भजनमा भविष्य खोज्छ। गीत गाउन जान्दैन, भजन र स्तूतिमा भने पारंगत हुन्छ। कमरेड हैन, मालिक र पछुवाको सीमा कोरिदिन्छ। एउटा लठैतले भाग्यको मुहान आफ्नै सक्रियतामा कहाँ देख्न सक्छ र! त्यसको छनक अपवाद छाडेर हरेक पार्टीमा उम्मेदवारको चयनदेखि नै  गुट र गुटियारहरूको बिगबिगी रह्यो।  चिन्तनमा रहेका खोट व्यवहारले सतहमा स्पष्ट देखिए। शक्तिकेन्द्रहरू राजनीतिका धरोहर नभई चाकरहरूको शरणस्थलीमा फेरिँदै गए। राजनीतिक वा सामाजिक सुरक्षा र भविष्यका लागि सिद्धान्त, आदर्श, सामाजिक, उत्तरदायित्व र कर्तव्यमा नभई चाकरीको नयाँ कलामा पारंगत हुन थाले। चुनावमा राजनीतिक लठैतहरूको तुजुक बढ्न पुग्यो। हिजोका दिन अपराधीहरूले चुनावी राजनीतिलाई टेको पुर्‍याउँथे, अब भने स्वयं राजनीतिज्ञ बन्ने अवस्था र मौका पाएर लठैत, अपराधी र धनाढयहरू मैदानमा स्वयं उत्रिए।

सामन्तवादमा मालिक र चाकरमात्र हुन्छन्। चाकरी कला नै उम्दा सत्तासिँढी बन्न पुग्छ। मालिकको हितमात्र चाकरले सोचेर पुग्दैन, मालिकका सोच, अपेक्षालाई नै रफ्फु लगाएर पहिल्यै फूलबुट्टा भर्नेलाई योग्य सोचिन्छ,। कोटरी आसेपासे मानिन्छ। चाकरको महायोग्यता भनेकै मालिकको हड्डी कता रसाएको छ र चित्तले के सोचिराखेको छ त्यो आफ्नै लयमा ख्वामितलाई सुनाएर उम्दा चाकर दरिनु हो। राजनीतिमा यसले पार्ने कुप्रभाव भनेको भिडबाट अयोग्य, सिद्धान्तहीन चाकरहरूको लावालस्कर त तयार गर्न सकिन्छ तर सक्षम र सिद्धान्तनिष्ठ उत्तराधिकारी बन्ने अवसर भने कसैलाई नदिनु हो। भीडलाई जनतामा फेर्ने इच्छाशक्तिको कमजोर पनि हुनु हो। 

क्षमताको सार्वजनिक पहिचान भूमिकासँग जोडिएको हुन्छ,। सम्भावित प्रतिद्वन्द्वीलाई जरैबाट उखेलिदिनु वा ऊबाट यति भयभित हुनु कि बरु विरोधी दल, आस्था र चरित्रले त्यो स्थान ओगटोस्, आफ्नै दलका सक्षमले भने हैन भन्ने मान्यता राख्छ। त्यो नै अन्तरघातको मूल जरो बन्न पुग्छ। जित्न नसके पनि हराउन त सक्छु भन्ने मान्यता राख्छ। घृणा र प्रतिक्रियाको सिद्धान्तबाट चल्छ। अहिले सबै दलले, गुट र गिरोहले आफ्नै एकअर्कालाई छिर्के दाउ हानिरहेका छन् जब आफू सफल होइँदैन तब दोषारोपणको कोकोहोलो पनि त्यत्तिकै मच्चाइरहेका छन्। यो राजनीतिमा कुरूप र भद्दा अभ्यास  हो।

चुनावले दिएको सन्देश

पहिलो चरणको चुनाव सम्पन्न नतिजाले दिन खोजेको स्पष्ट सन्देश भनेको जसले जसलाई पनि कलामय उपयोग गर्न सक्दा सफल हुनु, एकले अर्कालाई घात गर्नु सफलता हो, गुटलाई बचाउन वा राजनीतिक हैसियत जोगाउन सके आफ्नो पनि राजनीतिक सुरक्षा हुन्छ भन्ने रह्योे। जनतालाई आवेगमा ल्याएर भीडमा फेर्ने अभ्यास हुनु भनेको सिद्धान्तको राजनीतिको अन्त्य भएको स्वीकार्नु पनि रह्यो।

स्थायी सत्ता र सामाजिक मनोविज्ञानका अनेकैाँ कोणबाट यस चुनावलाई नियाल्दा गाई हरायो। यसले ठूलो अर्थ राख्छ। स्थायी सत्ताले दरवार र धर्म छाडेर 'कम्युनिस्ट' सँग राप्रपाले गरेको तालमेल पचाएन भने 'राष्ट्रवाद' को असली प्रतिनिधि एमालेलाई नै ठहर्‍यायो। माओवादी र कांग्रेस तालमेललाई अवसरवादी र अप्राकृतिक तालमेल भन्ने बुझ्यो।

अर्को पक्ष जतिसुकै युगान्तकारी भूमिका खेलेको भए पनि त्यसलाई कलामय तरिकाले जनताबीच लान सकिएन, चुस्तदुरुस्त संगठन रहेन भने त्यसले मौकामा चौका हान्न सकिँदैन भन्ने शिक्षा दियो। सहरी मध्यम वर्ग र युवा जमातमा आक्रोश छ, परिवर्तन चाहन्छ तर त्यो के र कसो हो भन्नेमा भने बरालिएको देखियो।

 चुनावमा प्ा्रचारको महत्व, प्रोपोगन्डा र मिडिया वार कस्तो रहेछ, हुँदोरहेछ, भीड–मनोविज्ञान तय गर्दोरहेछ भन्ने कुरा पनि देखिए।  तालमेल भनेको औचित्यसिद्ध हुनुपर्छ, नेताको फरमानमा कार्यकर्ता र जनताले स्वीकार्दैनन् भन्ने रह्यो। उत्तरी हावा पूर्व–पश्चिम र दक्षिण फैलाउन सकिन्छ भन्ने एमालेको 'राष्ट्रवादी' सोच रह्यो तर यो 'जनमत शैली' त्यसले अझ घृणाको राजनीति फैलिएर आक्रोश र प्रतिक्रियाको ध्रुवीकरण भइरहेको सामाजिक मनोभाव भने बुझन सकेन।  

अन्त्यमा

राजनीतिक बहस र अभ्यास अब अर्को चरणमा पुगेको छ। लोकतान्त्रिक, धर्म निरपेक्ष, संघात्मक गणतन्त्रको स्थानीय तहमै अभ्यास अब सुरु भए। अंकमा जसले जिते/हारे पनि देशले समग्रमा जित्ने पहल भयो। राजनीतिक पार्टीले जनता र भीडबीच स्पष्ट साँध लगाउन अझ आवश्यक देखियो। राजनीति नारा फेरिए पनि राजनीतिक संस्कृति जबसम्म फेर्न हरेक पार्टीले पहल लिँदैनन् तबसम्म सांस्कृतिक सामन्तवाद हावी नै भइरहन्छ। त्यो कुनै पनि नारा, झण्डा र अभ्यासमा देखिन सक्छ। त्यो अन्तरघाती रोगले गुट राजनीति गरेर पार्टी र अग्रगमनलाई नै कमजोर पार्छ र प्रतिगमनलाई सहज वातावरण तयार पारिदिन्छ। मूल्यको राजनीति सुविधाका राजनीतिमा फेरिए। के सिद्धान्तको राजनीतिले अहिले पनि संसदीय राजनीतिलाई नेतृत्व गर्छ? प्रश्न उब्जिए।

 हिम्मत नै त सामुन्द्रिक छालसँग टकराउँछ, नाउ त आफसेआफ किनारा लाग्छ। तर त्यो हिम्मत सिद्धान्तहीन राजनीतिमा भने हुँदैन्। अहिले द्वन्द्वरत राजनीतिको नाउ कसरी किनारा लगाउने भन्ने समय हो। यो चुनावी अंकगणित वा षडयन्त्र, कला र प्रतिक्रियाले मात्र डोरिँदैन।  प्रजातान्त्रिक अभ्यासभन्दा राजनीतिमा सामन्ती संस्कृति हावी भएर निराश छाउनबाट कसरी जोगिने राजनीतिक पार्टीको कार्यसूचीमा हुन आवश्यक छ। त्यो निराशता राष्ट्रिय रोग नबनोस्।








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad