coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

तीन बुँदे माग सहित अनशन बस्न दाङ पुगे डा. केसी

दाङ- स्वास्थ्य क्षेत्रमा विद्यामान विकृति अन्त्यका लागि पटक पटक अनसन बस्दै आएका डा. गोविन्द केसीले ११ औँ अनसन दाङमा थाल्ने भएका छन्। अनसनका लागि डा. केसी शनिवार दाङ आईपुगेका छन्। चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी बनाउँदै पारित गर्नु पर्ने, प्रधानन्यायधीश सुशीला कार्की माथि लगाईएको महाअभियोग प्रस्ताव फिर्ता हुनु पर्ने र पूर्व सहमती अनुरुप दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेज बनाउनु पर्ने तीन बुँदे माग सहित ११ औँ अनसन बस्न दाङ आएका उनले शनिवारै देखि अनसन सुरु गर्ने तय भएको थियो। तर आफ्ना माग कार्यान्वयनका लागि सरकारको ‘सकारात्मक आश्वासनका’ कारण अनसनको समय आईतवार दिउँसो दुई बजेका लागि सारेका छन्। ‘आज (शनिवार) दिउँसो चार बजे देखिनै अनसन सुरु गर्ने भन्न्नेमा थिएँ,’राप्ती उपक्षेत्रीय अस्पतालमा नागरिकसंग डा. केसीले भने ‘सरकारको सकारात्मक आश्वासन पाएकाले अनसन आजै देखि सुरु हुन सकेन।’

उनका अनुसार दाङमा अनसन सुरु गर्न थालेको भन्ने थाहा पाएपछि स्वास्थ्य मन्त्री गगनकुमार थापाले डा. केसीलाई टेलिफोन गरेर रोकेका थिए। उनले डा. केसीले उठाएका माग सम्वोधन गर्ने भन्दै आईतवार दिउँसो दुई बजे सम्म पर्खन भनेका थिए । ‘मन्त्रीको अनुरोधलाई स्वीकार गरेर शनिवार देखि अनसन थालिन,’डा. केसीले भने ‘आईतवार दिउँसो दुई बजे सम्मको मन्त्री ज्यूको समय मागका अनुसार पर्खेको छु ।’ मन्त्री थापाले माग पुरा गर्ने आश्वासन दिएपनि माग पुरा हुनेमा डा. केसी विश्वस्त भने देखिएनन्। उनले प्रश्न गरे ‘नेताहरुले बोलेको कुरा पुरा कहिले पो भएका छन् र ?तैपनि एकदिनलाई हेरौँ भन्ने निर्णयमा पुगेँ ।’ मनी थापाले भनेजस्तै माग सुनुवाई नभए डा. केसीले घोराहीमा आईतवार दिउँसो दुईबजेदेखि अनसन सुरु गर्ने छन् ।

यसअघि काठमाडौँमा अनसन बस्दै आएका डा. केसीले राप्तीबासीहरुको स्वास्थ्य स्थितीलाई मध्यनजर गर्दै दाङमा अनसन सुरु गर्न थालेको बताए।

आफ्ना तीन बुँदे मागमा सहमती नभएसम्म आँफू राजधानी नफर्कने उनले बताए ।

प्रकाशित: १३ जेष्ठ २०७४ १२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App