८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेले आठ स्थानीय तहको उम्मेदवारको टुङ्गो लगायो

भोजपुर-  नेकपा एमाले भोजपुरले एउटा गाउँपालिका बाहेक अन्य गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ। एमालेले यस अघि जिल्लामा सर्वसम्मत हुन नसकेको नाम प्रदेश कमिटिमा सिफारिस गरेको थियो।

                प्रदेश कमिटिले सहमतिमा आएको नाम अनुमोदन र विवाद रहेको धेरै ठाउँमा उम्मेदवारको टुङ्गो लगाएको हो। भोजपुर नगरपालिका मेयरमा गणेश श्रेष्ठ र उपमेयरमा ममिता राईलाई चयन गरेको छ। यसैगरि षडानन्द नगरपालिकामा मेयरमा सुरेन्द्र उदास र उपमेयरमा मेरिका राईको नाम टुङ्गो लागेको छ। अरुण गाउँपालिकामा अध्यक्षमा नारायण घिमिरे र उपाध्यक्ष कविता राईलाई उमेद्धार बनाइएको छ। यसैगरि पौवा दुम्मा गाउँपालिकामा अध्यक्ष किरण राई र उपाध्यक्षमा जोत्सना राई हुने भएका छन्। रामप्रसाद राई गाउँपालिकामा विजय राई र कृतिका राई उमेद्धार हुने केन्द्रीय सदस्य जयन्ति राईले बताइन्। यता ट्याम्के मैयुङ गाउँपालिकामा अध्यक्ष धुव्र्र राई र उपाध्यक्षमा इन्द्रावति राईको नाम तय भएको छ । हतुवागढि गाउँपालिकामा अध्यक्षमा पार्टि अध्यक्ष प्रेमकुमार राई र उपाध्यक्षमा चन्द्रमा राई उमेद्धार बनाइएको छ । आम्चोक गाउँपालिका अध्यक्षमा बहादुर राई र उपाध्यक्षमा दिब्यकला राईलाई उमेद्धार बनाइएको एमालेले जनाएको छ । तय गर्न बाकि रहेको साल्पा शिलोचो गाउँपालिकामा खगेन्द्र राई र दौलत कुलुङ्ग मध्ये एक जनालाई अध्यक्षको उमेद्धार बनाउने गरि छलफल भैरहेको केन्द्रिय सदस्य जयन्ति राईले बताइन । उम्मेदवारी टुङ्गो लागे संगै चुनावि अभियानलाई समेत तिव्रता दिइएको एमाले जिल्ला सचिव शरण राईले बताए। एमालेले घर दैलो तथा चुनावी आमसभा लगायतको कार्यक्रम गरिरहेको जनाएको छ।

प्रकाशित: १३ जेष्ठ २०७४ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App