७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमाले खोटाङले टुंग्यायो उम्मेदवार, कांग्रेसको अझै टुंगो लागेन

खोटाङ- स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले खोटाङले सबै तहमा उठाउने उम्मेद्वारको टुंगो लगाएको जनाएको छ । आगामी जेठ ३१ गते हुने निर्वाचनका लागि जिल्ला कमिटिले टुंगो लगाउन बाँकी पदका उम्मेदवारको किनारा इटहरीमा भएको १ नम्बर प्रदेश कमिटीको सचिवालयको बैठकले लगाएको एमालेले जनाएको छ ।

प्रदेश कमिटिको सचिवालय बैठकले रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा दिपनारायण रिजाल र उपमेयरमा बिनादेबी राई, हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा खडेन्द्र राई र उपमेयरमा मनिसा राईलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी आएको एमाले खोटाङका अध्यक्ष बबी चामलीङले बताए । ‘प्रदेश कमिटिको सचिवालयले यही अनुसार उम्मेदवारको टुंगो लगाएको भन्ने जानकारी आएको छ,’ अध्यक्ष चामलीङले भने, ‘तर हामीलाई पत्रमार्फत औपचारिक जानकारी प्राप्त भएको छैन ।’

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा एमालेले लामीडाँडा गाउँपालिकाको प्रमुखमा लिलाबहादुर निरौला, उपप्रमुखमा समला राई, ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा गृहबहादुर राई, उपप्रमुखमा पुष्पकला भुजेल, केपीलासगढी गाउँपालिका प्रमुखमा कृष्ण राई, उपप्रमुखमा हिराकुमारी बन, दिप्रुङ गाउँपालिका प्रमुखमा अर्जुन रोका, उपप्रमुखमा अम्बीका राई, खोटेहाङ गाउँपालिका प्रमुखमा प्रदीप राई, उपप्रमुखमा कबिता राई, बराहपोखरी गाउँपालिका प्रमुखमा गणेश कोईराला, उपप्रमुखमा गोमा मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै, जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा शंकर राई, उपप्रमुखमा बिमला राई, साकेला गाउँपालिकाको प्रमुखमा बद्री राई, उपप्रमुखमा मेनुका ढकालले टिकट पाएको छ ।

अन्य गाउँपालिका र वडाका उम्मेदवारको जिल्लामै सर्वसम्मत टुंगो लागे पनि रुपाकोट मझुवागढी नगरपालिकाको मेयर÷उपमेयर, हलेसी तुवाचुङ नगरपालिकाको मेयर, साकेला गाउँपालिकाको प्रमुख÷उपप्रमुख, लामीडाँडा गाउँपाकिलाको उपप्रमुख र जन्तेढुंगा गाउँपालिकाको उपप्रमुखको उम्मेदवार टुंगो लाग्न नसक्दा प्रदेश कमिटिमा निर्णयार्थ पठाइएको थियो ।
 

कांग्रेसको उम्मेदवार टुंगो लागेन
स्थानीय तहको लागि नेपाली कांग्रेस खोटाङले भने अझै पनि सर्वसम्मत उम्मेदवार छान्न सकेको छैन । सहमती नजुट्दा कांग्रेसले उम्मेदवार टुंगो लगाउने जिम्मा केन्द्रीय कार्य समितिलाई दिएको छ । लामो छलफल गर्दा पनि जिल्ला तहमा उम्मेदवारको टुंगो लाग्न नसक्दा आकांक्षीको नामावली केन्द्रीय समितिलाई निर्णयका लागि पठाइएको कांग्रेस सभापति नरेशकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुशार हालसम्म ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा बिश्वनिरौला, उपप्रमुखमा शान्ती राई, खोटेहाङ गाउँपालिकाको प्रमुखमा प्रेमकुमार राई र उपप्रमुखमा उषा राईलाई उम्मेदवार बनाउनेमा मात्र सहमती जुटेको छ । हलेसी तुवाचुङ नगरपालिकाको उपमेयरमा पनि बिमला राईको नाम सर्वसम्मत भइसकेको छ । कांग्रेसले ७९ वडाको उम्मेद्वारको पनि टुंगो लगाइसकेको जनाएको छ ।

उम्मेदवार टुंगो लगाउनेमा माओबादी अघि
माओबादी केन्द्र खोटाङले रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा दुर्गाजयन्ती राई, उपमेयरमा होमकाजी आचार्य, हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा हरिश्चन्द्र गिरी, लामीडाँडा गाउँपालिकामा डा. चेतकुमारी गुरुङ, उपप्रमुखमा भुवराज पोखरेल, केपीलासगढी गाउँपालिका प्रमुखमा मनकुमारी रसाईली, उपप्रमुखमा रुद्रकुमार राई, बराहपोखरी गाउँपालिका प्रमुखमा निसाना राई, उपप्रमुखमा उपप्रमुखमा सुवासचन्द्र राई, जन्तेढुंगा गाउँपालिका प्रमुखमा अरुणा राई, उपप्रमुखमा बिरबल किराती, ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा श्रीबहादुर राई, उपप्रमुखमा उर्मिला लम्साल, साकेला गाउँपालिकाको प्रमुखमा अर्जुनकुमार खड्का, उपप्रमुखमा बिर्सिका राई, खोटेहाङ गाउँपालिकाको प्रमुखमा राजन ढकाल र उपप्रमुखमा बिनिता राई, दिप्रुङ गाउँपालिकाको प्रमुखमा दिपक पाण्डे आकाश र उपप्रमुखमा कल्पना राई सोनियालाई उठाएको छ । अन्य पार्टीलेभन्दा माआबादीले सहज तरिकाले उम्मेदवार टुंगो लगाएको हो ।
संघीय समाजबादी फोरम र नयाँ शक्तीको गठबन्धनले रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा धनकुमार राईलाई उठाउने तयारी गरेको छ । उपमेयरमा भने बशन्ती राईको चर्चा छ ।

 

प्रकाशित: १३ जेष्ठ २०७४ १०:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App