coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लुक्लामा समिट एयरको कार्गो विमान दुर्घटना

राधा ढुंगाना

सोलुखुम्बु- सोलुखुम्बुको लुक्लास्थित तेन्जीङ हिलारी बिमानस्थलमा अबतरण गर्ने क्रममा समिट एयरको बिमान दुर्घटनामा परेको छ। दिउँसो २ बजे काठमाडौँबाट कार्गो उडान भरेर लुक्ला आएको बिमान अबतरण गर्नु अघि धावनमार्ग छेवैमा रहेको सल्लाको रुखमा ठोक्किएर दुर्घटना भएको हो।

९ एन ए के वाइ कल साइन भएको विमान दुर्घटनामा परेको हो । बिमानचालक पारस राई र सहायक सृजन मानन्धर र एयर होस्टेज प्रज्ञा महर्जन घाइते भएका छन्। लुक्लामै रहेको पासाङल्हमु निकोल निकि अस्पतालमा उनीहरुको उपचार हुँदै छ। मौसम खराब रहेकाले बिमान रुखमा ठोक्कीएको हुन सक्ने बताइएको छ।

प्रकाशित: १३ जेष्ठ २०७४ ०९:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App