कलाकार परियारलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग

शुक्रबार, १२ जेठ २०७४, २० : ०७ नागरिक

काठमाडौँ- कलाकार एवम् शिक्षक विक्रम परियारलाई निर्वाचन सहिद घोषणा गर्न माग गरिएको छ।

तनहुँ काठमाडौँ इन्टेलेक्च्युल डेमोक्रेटिक सोसाइटी(टिकिडस्)ले परियारको १३ औँ पुण्य तिथिका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभामा सो माग गरिएको हो । कार्यक्रममा सांसद रामचन्द्र पोखरेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेलगायतले प्रतिभाशाली कलाकारको हत्या भएकामा निन्दा गर्दै उनलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग गरे।

गत वैशाख ३१ गतेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मतदान गरेलगत्तै उनको तनहुँको दमौलीमा हत्या गरिएको थियो । टिकिडस्का सभापति यदुनाथ खनालले परियारका परिवारलाई राहत एवम् बालबच्चाको शिक्षादीक्षा पालनपोषणका लागि सहिद घोषणा गर्नुपर्ने बताए।

कार्यक्रममा कलाकारको हत्यारालाई कारबाही गर्नसमेत माग गरिएको थियो । सो अवसरमा विभिन्न कलाकारले विविध गीत गाउनाका साथै विभिन्न कला प्रदर्शन गरेका थिए। रासस

 





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad