८ वैशाख २०८१ शनिबार
राजनीति

जिल्लाका शीर्ष नेता स्थानीय तहका उम्मेदवार

पाँचथर-  जिल्लाका आठ स्थानीय तह मध्ये नेकपा (एमाले) ले सात तहको उम्मेदवार सार्वजनिक गरेको छ। एमालेले जिल्लाका शिर्ष नेताहरुलाई विभिन्न पालिकाको उम्मेदवार बनाएको छ। निक्कै लामो प्रयास एमालेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई फिदिम नगरपालिकाको प्रमुखको उम्मेद्वार बनाईएको छ। यस्तै जिल्ला कमिटिका पदाधिकारी, राष्ट्रिय परिषद सदस्य उम्मेद्वार बनाइएको छ । जिल्लाको तुम्मेवा गाउँपालिका बाहेकका उम्मेद्वारको शुक्रवार फिदिममा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। कार्यवाहक अध्यक्ष तिवेन्द्रराज चापागाईका अनुसार अन्य पार्टीसँग मिलेर उम्मेद्वार बनाउने तयारी भएकाले तुमेवा गाँउपालिकाको उम्मेद्वार केहि दिनमा तय हुने उनले जानकारी दिए । सवै स्थानीय तहमा जित निकाल्ने जिल्लाका शिर्ष नेताहरु चुनावी मैदानमा उतारीएको उनले बताए।

फिदिम नगरपालिकाको प्रमुखमा भण्डारी तथा उपप्रमुखमा मुना नेम्वाङलाई उम्मेद्वार बनाईएको छ । यस्तै यङवरक गाँउपालिकामा जिल्ला सचिवालय सदस्य लेखनाथ घिमिरे प्रमुख र कमला योङहाङलाई उपाध्यक्षको उम्मेद्वार बनाईएको छ । हिलिहाङ गाँउपालिकामा जिल्ला उपाध्यक्ष भुवानी लिङदेन र सुमित्रा सेढाई, फालेलुङ गाँउपालिकमा राष्ट्रिय परिषद सदस्य कमलप्रसाद जवेगु र तारावती राई, कुम्मायक गाँउपालिकामा क्षेत्रीय अध्यक्ष  जयवहादुर चेम्जोङ र सीता आचार्य, फाल्गुन्द गाँउपालिकमा वीरवहादुर कुरुम्बाङ र करुणा राई नेम्वाङलाई उम्मेद्वार बनाइएको छ । यस्तै मिक्लाजुङ गाँउपालिकमा जिल्ला उपसचिव धनकुमार फियाक र जिल्ला सदस्य उर्मिला राईलाई क्रमशः प्रमुख तथा उपप्रमुखको उम्मेद्वार बनाइएको छ ।

अध्यक्ष र उपाध्यक्ष उम्मेद्वार भएपछि सचिव रहेका चापागाईलाई जिल्ला कमिटिको बैठकले कार्यवाहक अध्यक्ष बनाएको छ । बैठकले चुनाव लक्षित विभिन्न समितिहरु बनाएको जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: १२ जेष्ठ २०७४ १४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App