७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

ट्रम्पका ज्वाँई अनुसन्धानको घेरामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाईं ज्यारेड कुश्नर अनुसन्धानको घेरामा परेका छन्। संघीय जाँच ब्युरोले राष्ट्रपति निर्वाचनका बेला उनको रुससँग साँठगाँठ रहेको भन्दै अनुसन्धानको घेराभित्र राखेको हो ।

ह्वाइट हाउसमा ट्रम्पका प्रमुख सल्लाहकारको रुपमा कार्यरत उनी ट्रम्पकी छोरी इभाका पति हुन्। अमेरिकामा राष्ट्रपतिको निर्वाचनको समयमा रुसले गरेको हस्तक्षेपका सम्बन्धमा एफबीआइले अनुसन्धान जारी राखेको छ । निर्वाचन अगाडी ट्रम्पका ज्वाँईले रुसी राष्ट्रपतिलाई भेटेको र रुसले पनि हिलारी क्लिटनलाई चुनाव हराउनका लागि महत्वपूर्ण भूमिका खेलेको आरोप छ जसलाई एफबिआइले अनुसन्धानको विषय बनाएको छ।

यद्यपि ट्रम्पले भने चुनावी अभियानको क्रममा रुससँगको आफ्नो सम्बन्ध रहेको आरोपमाथि  इन्कार गर्दे आइरहेका छन् । उनी माथि लागेको आरोप सत्य सावित भएमा पनि यसलाई ठूलो अपराध नमानिने तथा उनीमाथि कुनै अभियोग नलगाइने एफबीआइका अधिकारीहरुको भनाई रहेको छ ।

प्रकाशित: १२ जेष्ठ २०७४ १०:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App