७ वैशाख २०८१ शुक्रबार
राजनीति

बुथमा खटाइए म्यादी प्रहरी

खोटाङ– जेठ ३१ गते हुने निर्वाचनका लागि खोटाङमा म्यादी प्रहरीलाई खटाइएको छ। तालिम पश्चात सदरमुकाम दिक्तेलमै राखेर गस्तीमा खटिँदै आएका ७१६ म्यादी प्रहरीलाई बिहिबारदेखि बुथमा खटाइएको हो । म्यादी प्रहरीलाई बुथको सुरक्षार्थ ईलाका प्रहरी कार्यालयमार्फत गाउँ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए।

ईलाका प्रहरी कार्यालयबाट प्रहरीचौकी पुग्ने म्यादी प्रहरीलाई सो क्षेत्रको मतदान स्थल, मतदान केन्द्र र बुथको सुरक्षार्थ खटाइने जनाइएको छ । उनीहरुलाई बुथ तोकेरै कार्य क्षेत्रमा खटाइएको हो । ‘अहिले म्यादी प्रहरीलाई ईलाका प्रहरी कार्यालयको जिम्मामा पठाएका छौँ,’ डिएसपी प्रधानले भने, ‘ईलाकाबाट प्रहरी चौकी पुग्छन् र बुथको सुरक्षार्थ खटिन्छन् ।’ गस्तीमा समेत म्यादी प्रहरी खटिने छन्। छिमेकी जिल्लामा खटाउने भनिए पनि गाउँपालिका र नगरपालिकाको संरचनाका कारण जिल्लाकै बुथमा खटाइएको हो।

१८ वर्ष पूरा भई ५० वर्ष ननाघेको, सामान्य लेखपढ भएको, कुनै राजनीतिक दलसँग आवद्ध नभएको, शारीरिक तथा मानसिकरुपमा स्वस्थ र फौजदारी अभियोगमा कसुरदार नठहरिएका नागरिक म्यादी प्रहरीमा संलग्न छन् । म्यादीमा बिद्यार्थीदेखि भूतपुर्व सेना तथा प्रहरीसम्म भर्ना भएका छन् । स्थानीय तहको निर्वाचनका लागि खोटाङका १३६ मतदान स्थल र १७३ मतदान केन्द्र तोकिएका छन्।

प्रकाशित: १२ जेष्ठ २०७४ ०८:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App