हामी साथी साथी :  कृति सेनन

शुक्रबार, १२ जेठ २०७४, १० : ५९ नागरिक

मुम्बइ- आगामी जुन ९ मा बलिउड फिल्म 'राब्ता' रिलिज हुने भए पनि फिल्म दर्शकमाझ आउनुअघि नै फिल्मी जोडी कृति सेनन र सुशान्त सिंह राजपुतबीच अफेयरको हल्ला चलेको छ। समाचारअनुसार यो जोडीको दैनिकी दिनहुँको भेटघाट र माया प्रेमका कुरामै बित्ने गरेको छ। तर, कृतिले आफूहरू केवल साथी भएको बताएकी छिन्। 'सुशान्त र मेरोबारेमा बजारमा आएको हल्लाले हाम्रो मित्रतामा कुनै असर पर्दैन,' उनले भनेकी छिन्, 'सुशान्त र मेरो विषयमा आएको समाचार पढेर हामी हाँस्ने गरेका छौं। किनकी ती समाचार वास्तविकताभन्दा पर छन्। हामी साथी मात्र हौं' साँच्चिकैको अफेयरसँगै केहीले भने फिल्म युनिटले फिल्मको प्रचारका लागि जानीजानी हल्ला चलाएको आरोप लगाएका छन्। उनले आफू यस्तो प्रवृतिको विरोधी रहेको बताएकी छिन्।

'म यस्तो खाले प्रमोसनको विरुद्धमा छु। मलाई अचम्म लागेको छ,यस्ता खबर कहाँबाट आइरहेका छन्? फिल्ममा केमेस्ट्री देखाउन नीजि जीवनमा पनि उस्तै केमेस्ट्री देखाउन जरुरी हुन्न। फिल्म राम्रो छैन भने यस्ता खबर जति फैलाए पनि फिल्म हिट बनाउन सकिन्न ,' उनले भनेकी छिन्। उनले भारतीय दर्शक समझदार भएको र फिल्ममा मात्र  चासो राख्ने गरेको बताएकी छिन्। 

उनले सुशान्त र अर्का अभिनेता टाइगर श्राफ मिहिनेती र वरुण धवन स्वाभाविक अभिनय गर्ने कलाकार रहेको बताइन्। दिनेश भिजनले निर्देशन गरेको फिल्म 'राब्ता' मा दीपिका पादुकोणको केमियो भूमिका छ। कृतिले 'हिरोपन्थी' बाट बलिउडमा डेब्यु गरेकी थिइन् भने सुशान्तले 'काइपोचे' बाट टेलिभिजन छाडेर ठूलो पर्दामा पदार्पण गरेका थिए। अंकिता लोखन्डेसँग अफेयरमा रहेका सुशान्तको कृतिकै कारण ब्रेकअप भएको हल्ला छ। फिल्म 'राब्ता' पुनर्जन्ममा आधारित फिल्म बताइएको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...