६ वैशाख २०८१ बिहीबार
समाज

जंगली च्याउ खाँदा पाँच बिरामी

नुवाकोट – नुवाकोटको मेघाङ गाउँपालिका –३ देउरालीमा जंगली च्याउ खाँदा ५  जना विरामी परेका छन् । बिरामी पर्नेहरूमा वीरबहादुर तामाङ, उनको श्रीमती सुमित्रा तामाङ र छोरा कमला तामाङ छिमेकी घरका शुकुमाया तामाङ र उनको  नातिनी चाँदनी तामाङ रहेका छन् । 

इलाका प्रहरी चौकी देउरालीका प्रहरी सहायक निरीक्षक धनञ्जय मिश्रका अनुसार बिरामी भएका मध्ये वीरबहादुर, सुमित्रा र शुकुमाँयाको अवस्था गम्भीर छ । उनीहरूकोे जिल्ला अस्पताल त्रिशुलीमा उपचार हुन नसकेपछि बिहान एक बजे थप उपचारको लागि काठमाडौँ पठाइएको छ।

जंगलबाट ल्याएको च्याउ पकाएर छिमेकीसँग बाढेर हिजो साँँझको खानासँगै खादा टाउको दुख्ने, वान्ता हुने र बेहोस भएपछि छिमेकीको सहयोगमा बिरामीलाई उपचारको लागि जिल्ला अस्पताल त्रिशुलीमा पुर्याइएको थियो ।

प्रकाशित: १२ जेष्ठ २०७४ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App