coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पृथ्वी लोकमार्गमा जताततै पहिरो

मलेखु (धादिङ)– पृथ्वी लोकमार्गअन्तर्गत मुग्लिन–नौबिसे खण्डका विभिन्न स्थानमा आएको पहिरोले सडक यातायात पटकपटक अवरुद्ध भएको छ। वर्षा सुरु भएपछि आउन सुरु गरेको पहिरोका कारण लोकमार्गको यातायात व्यवस्था पटकपटक प्रभावित हुने गरेको छ।

आज बिहान जोगिमारा गाविस र चितवनको दारेचोकस्थित सीमाक्षेत्रमा पहिरो जाँदा पाँचवटा सवारी साधनमा क्षति पुगेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

सडक माथिबाट पहिरो झरेर ना५ख ४११३ र लु१ख ८६१४ नंको ट्रक पूर्णरुपमा क्षति भएको छ भने एउटा ट्रक सामान्य क्षति भएको छ । यस्तै ४११३ नंका चालक नवलपरासी निवासी २४ वर्षीय मोहन चौधरी घाइते भएपछि उपचारार्थ मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा भर्ना गरिएको छ । सडकमा ठूलो ढुङ्गा खसेकाले सडक दुई घन्टा अवरुद्ध भएको थियो ।

यसैगरी, जोगिमारा गाविसमा पर्ने सडक क्षेत्रमा धेरै स्थानमा पहिरो आएकाले बेलाबेला लोकमार्ग अवरुद्ध हुने गरेको छ । यातायात खुलाउन प्रहरी र उद्धार टोलीसमेत तयारी अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।

चितवन जिल्लाको क्षेत्रमा रहेको दारेचोक गाविस क्षेत्रमा समेत ठाउँठाउँमा पहिराले पटक–पटक लोकमार्ग अवरुद्ध भइरहेकाले होसियारी अपनाउन चालकलाई समेत जानकारी दिने गरेको इप्रका मुग्लिनले जानकारी दिएको छ। रासस

प्रकाशित: ३ श्रावण २०७३ १२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App