coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इन्डोर क्रिकेट हुने

काठमाडौं- भ्यागुते प्रोडक्सनले जेठ १६ गतेबाट अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता गर्ने भएको छ । रातोपुलस्थित भेलोसिटी एरिनामा हुने प्रतियोगितामा उपत्यकाका ८ टोलीले प्रतिस्पर्धा गर्ने संयोजक रविन जोशीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए।

लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगिताका ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा उज्वल शिशु निकेतन एकेडेमी, नितेन मेमोरियल उच्च मावि, प्रिमियर इन्टरनेसनल वर्ल्ड स्कुल र विद्या संस्कार स्कुल रहेका छन्। समूह ‘बी’ मा डिएभी स्कुल, एपिआई स्कुल, ग्रिन ल एकेडेमी र मेरिडिएल इन्टरनेसनल स्कुल रहेका छन्।

प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। संयोजक जोशीका अनुसार समूह चरण र सेमिफाइनल १२ ओभरको हुनेछ भने फाइनल खेल १६ ओभरमा खेलाइनेछ। प्रतियोगितामा १६ वर्षभन्दा माथिका खेलाडीले सहभागिता जनाउन पाउने छैनन्।

प्रकाशित: १२ जेष्ठ २०७४ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App