१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसका ३६० उम्मेदवारको टुंगो, ३५ बाँकी

खोटाङ- दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा नेपाली कांग्रेसले वडाका अध्यक्ष र सदस्य गरी ३ सय ६० पदका उम्मेदवारको टुंगो लगाएको छ। जिल्लाका ७९ वडाका अध्यक्ष तथा सदस्यमध्ये ३५ उम्मेदवारको टुंगो लगाउन बाँकी छ। मंगलबार साँझ पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ६ अध्यक्ष र २९ सदस्यबाहेक सबै पदमा उम्मेदवारी टुंगो लगाएको कांग्रेसले जानकारी दियो।

गाउँ र नगरपालिकाका प्रमुख र उपप्रमुखको भने टुंगो लाग्न बाँकी भएको कांग्रेस जिल्ला सभापति नरेश श्रेष्ठले बताए। ‘नगर र गाउँपालिका प्रमुख, उपप्रमुखका उम्मेदवारको विषयमा छलफल भइरहेको छ,’ श्रेष्ठले भने, ‘केही दिनभित्रै टुंग्याउनेछौं।’ रूपाकोट मझुवागढी नगरपालिका १, ५ र ६, दिक्तेल तथा साकेला गाउँपालिका ५ मात्तिममा उम्मेदवार टुंगो लाग्न बाँकी छ भने जन्तेढुंगा गाउँपालिका ५ चिसापानीमा भने वडाध्यक्षको उम्मेदवार टुंगो लाग्न बाँकी रहेको सभापति श्रेष्ठले जानकारी दिए। जन्तेढुंगा गाउँपालिका–१ मा भने माओवादीसँगको तालमेलका कारण कांग्रेसले अध्यक्ष र दुई सदस्यमा उम्मेदवार उठाएको छैन। जिल्लामा एमाले र माओवादी केन्द्रले वडाका उम्मेदवार टुंगो लगाइसकेका छन्।

प्रकाशित: १२ जेष्ठ २०७४ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App