८ वैशाख २०८१ शनिबार
राजनीति

भरतपुर मतगणनाः ज्ञवाली र दाहालबीच १ हजार २३५ मतको अन्तर

भरतपुरमा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली तथा माओवादीकी रेणु दाहाल

चितवन—भरतपुर महानगरपालिकाको वडा नं. १५ को बिहीबार मतगणना सकिँदा मेयर पदमा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालको मतान्तर एक हजार २३५ मा झरेको छ। मंगलबार तीन हजार ८३६ मतको अन्तर रहेकोमा बुधबारदेखि मतान्तर लगातार घटेकोघट्यै छ। काँग्रेसको गढ मानिएको सो वडामा नेपाली काँग्रेसका उम्मेद्वारहरु वडाध्यक्षसहित सवै पदमा विजयी भएका छन्।

मंगलबार तीन हजार ८३६ मतको अन्तर रहेकोमा बुधबारदेखि मतान्तर लगातार घटेकोघट्यै छ। काँग्रेसको गढ मानिएको सो वडामा नेपाली काँग्रेसका उम्मेद्वारहरु वडाध्यक्षसहित सवै पदमा विजयी भएका छन्।

भरतपुरको १५ नम्बर वडासम्मको मत गणना सकिँदा मेयर पदमा देवी ज्ञवालीको ३२ हजार ५५३ मत आएको छ। काँग्रेस माओवादी  गठबन्धनबाट मेयर पदमा उम्मेद्वार रहेकी माओवादीकी रेणु दाहालले ३१ हजार २६७ मत पाएकी छिन्।

उपमेयरमा काँग्रेस माओवादी गठबन्धनबाट काँग्रेसकी उम्मेद्वार पार्वती शाहको मतान्तर भने निकै फराकिलो हुँदै गएको छ। शाहको ३४ हजार ९२२ मत आएको छ। उपमेयरमा एमालेकी दिब्य शर्मालाई २९ हजार ३०६ मत प्राप्त गरेकी छिन्।

भरतपुरमा अब २४ नम्बर वडाको मत गणना सुरु हुँदैछ। जहाँ एक हजार ७५९ मात्रै मत खसेको छ। त्यसपछि वडा नं. १४ को मत गणना हुनेछ। सो वडामा पाँच हजार ७२३ मत खसेको छ। यो वडामा पनि काँग्रेसको मत राम्रो अवस्थामा रहेको विश्वास गरिन्छ।  एमालेले पनि यो वडाबाट मतान्तरमा सुधार गर्ने आशा राखेको छ।

कुल २९ वटा वडा रहेको भरतपुरमा २० वटा वडाको मत गणना सकिएको छ। जसमा एमाले १०, काँग्रेस सात र माओवादी तीनवटा वडामा वडाध्यक्षमा विजयी भएको छ। कुल एक लाख १२ हजार मत खसेको भरतपुरमा ७५ प्रतिशतको हाराहारीमा मत गणना भएको छ।

पुरा मत गणना सकिन अझै दुई तीन दिन लाग्न सक्ने अधिकारीहरुले बताएका छन्।
 

प्रकाशित: ११ जेष्ठ २०७४ १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App