coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

गच्छदार र यादब तालमेलका लागि तयार, राजपा अझै अनिश्चित

काठमाडौं—राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिन्ह दिए आफूहरु चुनावमा जान तयार रहेको बताएका छन्। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उब्लअजयचपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरम पार्टीका अध्यक्ष विजय गच्छदारसँगको छलफलमा राजपा अध्यक्ष ठाकुरले चुनाव चिन्ह नभएकोले निर्वाचनमा जान नसकिने बाध्यता स्पष्ट पारेका छन्।

स्रोतका अनुसार राजपा नेपालका अध्यक्ष ठाकुरले निर्वाचन आयोगमा पार्टी दर्ता र चुनाव चिन्ह दिलाइदिन यादव र गच्छदारलाई प्रस्ताव गरेका छन्। ‘हामी चुनावविरोधी होइनौं तर आयोगमा न पार्टी दर्ता छ, न हामीले चुनाव चिन्ह पाएका छौं अनि चुनावमा कसरी जाने ?’ त्रिपक्षीय छलफलमा ठाकुरको भनाइ उदृत गर्दै स्रोतले भन्यो। जवाफमा यादव र गच्छदारले राजपालाई चुनाव चिन्ह दिलाउन सक्दो पहल गर्ने आश्वासन दिएका छन्।

फोरम नेपालका अध्यक्ष यादव, लोकतान्त्रिक पार्टीका अध्यक्ष गच्छदार र राजपा अध्यक्ष ठाकुरबीच ठाकुर निवास सानोठिमी भक्तपुरमा बिहिबार दिउँसो चुनावमा तालमेलको विषयमा बृहत् छलफल भएको हो।

६ वटा मधेश केन्द्रीत दल मिलेर हालै गठन भएको राजपा नेपाल निर्वाचन आयोगमा दर्ता छैन। चुनाव चिन्ह पनि राजपाले पाएको छैन। पार्टी एकीकरण गर्नु अघि राजपाका ६ वटै दलले पुरानो चुनाव चिन्ह, लोगो र झन्डा प्रयोग नगर्ने निर्णय गरेका थिए।

छलफलमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावमा साझा उम्मेदबारी दिनको लागि सहकार्य गर्न ठाकुर र गच्छदारसँग प्रस्ताव गरेका थिए। मधेशी जनताको चाहना र भावनाअनुसार स्थानीय चुनावमा सहकार्य आवश्यक रहेको यादवको भनाइ थियो।

स्थानीय तहको दोस्रो तहको चुनावमा सहकार्य गरी साझा उम्मेदबार खडा गर्ने यादवको प्रस्तावलाई गच्छदारले सकारात्मक रुपमा लिएर मिलेर अघि बढ्न सकिने बताएका छन्।

ठाकुरले आन्दोलनको प्रसङ्ग निकाल्दा यादव र गच्छदारले मधेशको उपलब्धिलाई संस्थागत गर्न आन्दोलनकै रुपमा स्थानीय तहको चुनावलाई सदुपयोग गर्न सुझाव दिएका थिए।

उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी फोरमले तराईमा बलियो उपस्थिति राख्छ। विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरमको पनि निश्चित क्षेत्रमा बलियो उपस्थिति छ।

प्रकाशित: ११ जेष्ठ २०७४ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App