महोत्तरी— महोत्तरीमा कायम ७ गाउँपालिकालाई स्थानीय तह थप्ने बहानामा नगरपालिकामा परिणत गर्दा यहाँका स्थानियका लागि ‘कागलाई वेल पाके हर्ष न विषमत’ भन्ने भनाई चरितार्थ भएको छ।
भर्खरै नेपाल सरकारले स्तरन्नोती गर्ने नाउँमा महोत्तरीका ७ गाउँपालिकालाई नगरपालिका बनाए पछि सम्बन्धित ठाउँका स्थानियहरु अलमलमा परेका हुन्। सरकारले महोत्तरीमा कामय रहेको १२ गाउँ पालिकामध्ये बलवा , लोहारपटि, मनरा , रामगोपालपुर औरही ,मटिहानी र भंगहा गाउँ पालिकालाई नगरपालिकामा स्तरोन्नती गरेको छ।
भर्खरै नेपाल सरकारले स्तरन्नोती गर्ने नाउँमा महोत्तरीका ७ गाउँपालिकालाई नगरपालिका बनाए पछि सम्बन्धित ठाउँका स्थानियहरु अलमलमा परेका हुन्। सरकारले महोत्तरीमा कामय रहेको १२ गाउँ पालिकामध्ये बलवा , लोहारपटि, मनरा , रामगोपालपुर औरही ,मटिहानी र भंगहा गाउँ पालिकालाई नगरपालिकामा स्तरोन्नती गरेको छ।
एकडारा गाउँ पालिकाको वडा नं. ५ र ६ (पुरानो वथनाहा गाविस) लाई गाभेर नयाँ मनरासिस्वा नगरपालिका बनाइएको छ। त्यस्तै बर्दिवास नगरपालिकाको १ नम्बर वडालाई फुटाएर वडा संख्या बढाइएको छ।
भौतिक पुर्वाधार र आवश्यक तयारीबिनै नगरपालिकाको संख्या बढाइएपछि सर्वसाधारणमा अन्यौल बढेको मटिहानीका शैलेन्द्र मण्डलले बताए। मण्डलका अनुसार सरकारले नगरपालिकाको संख्या बढाएर बढी कर असुल्ने नीति मात्रै अख्यितार गरेको स्थानीयको ठम्याइ छ। गाउँपालिको लागि नै उचित भौतिक संरचना नभएको ठाउँहरुलाई हचुवाको भरमा नगरपालिकामा स्तरोन्ती गर्नु ठिक नभएको मण्डलले बताए।
यता संघिय गठन्धन र राजपाको माग सम्बोधन गर्ने नाउँमा जनसंख्याको आधारमा स्थानीय तह थप गर्नुको साटो गाउँपालिकालाई नगरपालिका बनाएकोमा महोत्तरीका राजपा नेपालका नेताहरु पनि असन्तुष्ट देखिएका छन्।
राजपा नेपालका नेता सुदिप झाले महोत्तरीमा नगरपालिकाको संख्या थप गर्नुले मधेसवादीदलको माग पूरा नभएको बताए। ‘जनसंख्याको आधारमा स्थानीय तह वृद्धि गर्नुपर्ने हाम्रो माग हो’ नेता झाले भने ‘आवश्यक पूर्वाधार विनै कुनै तयारी नै नगरी अवैज्ञानिक तरिकाले गाउँपालिकालाई नगरपालिका बनाउने हाम्रो माग नै होइन।’
३२ हजार जन संख्यामा एउटा नगरपालिका कायम गर्नु पर्ने हो तर अहिले जलेश्वर नगरपालिकाको जनसंख्या ५८ हजार पाँच सय ४९, बर्दिवास नगरपालिकाको जनसंख्या ६३ हजार ९ सय १२ र गौशाला नगरपालिकाको जनसंख्या ६६ हजार ६ सय ७३ हुँदा हुँदै पुरानो नगरपालिकाहरुलाई जनसंख्याको आधारमा विभाजन नगरी गाउँ पालिकालाई नगरपालिकामा परिणत गरिनु गलत भएको झाको कथन छ।
महोत्तरीमा हाल १२ गाउँ पालिका र ३ नगरपालिका कायम रहेको थियो। नेपाल सरकारको पछिल्लो निर्णय अनुसार अब महोत्तरीमा १० नगरपालिका र ५ गाउँ पालिका कायम हुन पुगेको छ।
प्रकाशित: ११ जेष्ठ २०७४ १२:५६ बिहीबार