coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भूकम्पपीडितको सम्झौता नहुँदा रकम निकासामा ढिलाइ

तनहुँ – जिल्ला समन्वय समितिले जिल्लाभित्रका भूकम्प पीडितको लगत दुई महिनाअघि सिफारिस गरी सम्बन्धित गाउँपालिका र नगरपालिकामा पठाएकोमा ती निकायले सम्झौता गरी नपठाएकाले रकम निकासामा ढिलाइ भएको छ । 

भूकम्प पीडितको लगत यही वैशाख १५ भित्र पठाउन गत चैत ८मा सम्बन्धित निकायमा सिफारिस गरी पठाएकामा सम्बद्ध गाउँपालिका र नगरपालिकाले सम्झौता गरी पठाउनुपर्नेमा हालसम्म नआएको जिल्ला समन्वय समितिका अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए। 

जिल्लामा भूकम्पबाट पीडित १३ हजार ८२९ मध्ये राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्राथमिकतामा परेका सात हजार ५३४ जनालाई जिल्ला समन्वय समितिले सम्बन्धित गाउँपालिका र नगरपालिकामा सम्झौताको लागि पठाएको थियो । बाँकी छ हजार २९५ जनाको विवरण भने अझै केन्द्रबाट आएको छैन । 

यदि समयमै सम्झौता गरेर आएको भए भूकम्पपीडितले निजी आवास सम्झौताअनुरुप रु ५० हजार पाउने थिए । गाविस सचिवले स्थानीय तहको निर्वाचनपछि आउने जनप्रतिनिधिले सम्झौता गरिदिन्छ भन्ने र जनप्रतिनिधिले भर्खरै पदभार सम्हालेका कारण पनि त्यसको चपेटामा भूकम्पपीडित पर्न गएको बताइएको छ । रासस 

प्रकाशित: ११ जेष्ठ २०७४ ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App