ब्राजिलमा सरकारविरुद्ध विशाल प्रदर्शन

बिहिबार, ११ जेठ २०७४, १२ : २१ नागरिक

ब्राजिलिया – ब्राजिलमा दशौं हजारको जुलूसले सरकारविरुद्ध विशाल जन प्रदर्शन गरेको छ । आन्दोलनकारीहरु र प्रहरीबीच कडा भीडन्त र आक्रोशित प्रदर्शनकारीहरुले आगो सल्काई दिएका कारण यहाँका केही प्रमुख मन्त्रालयहरुबाट गतः बुधबार अपरान्हदेखि सबै कर्मचारी तथा सेवाग्राहीहरुलाई तत्काल हटाई बन्द गरिएका छन् । 

तनावग्रस्त राष्ट्रपति माइकल टेमरले मुलुकमा शान्ति सुरक्षा र कानूनको कडा परिपालन तथा सुब्यबस्था कायम गर्न भनी राष्ट्रिय सेनालाई परिचालन हुन आदेश दिएका छन्। 

प्रदर्शनकारीहरूको प्रमुख माग राष्ट्रपति टेमरको राजिनामा वा बरखास्ती रहेको छ । राजधानी ब्राजिलियामा दशौं हजार जनताको एक बिशाल जुलूसले नाराबाजी गर्दै यहाँ अवस्थित संसद भवन घेराउ गरेका छन् । 

राष्ट्रपति टेमरले केही समय अघि लागु गर्नु भएको आर्थिक सुधारका कार्यक्रमप्रति कडा बिरोध जनाउँदै जन प्रदर्शन भएको र उनी स्वयं भ्रष्टाचारको काण्डमा मुछिएको आरोप लगाउँदै तत्काल राजिनामाको माग गरिएको हो । 

प्रदर्शनकारीहरुले राजधानीका कतिपय सडकहरुमा टायर बालेर, घुम्ती शौचालयका छाप्राहरु तेस्र्याएर दङ्गा नियन्त्रण गर्न खटिएका प्रहरीहरुको मार्ग अवरुद्ध पारेका छन् । 

आक्रोशित प्रदर्शनकारीहरुले कृषि मन्त्रालयमा आगजनी गरेका र प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न अर्ध–सैनिक प्रहरीहरुले हावामा बन्दूक पड्काएका र ठाउँ ठाउँमा अश्रु ग्याँस हानेका दृश्यहरु स्थानीय सञ्चार माध्यमहरुले भिडियो क्यामेरामा खिचेर सार्वजनिक गरेका छन् । 

एक ठाउँमा गोली लागेर एकजना प्रदर्शनकारी घाइते भै ढलेको देखिएको तर सो गोली कसले हानेको हो सो पुष्टि भै नसकेको जनाइएको छ । सैनिक वा प्रहरीलाई गोली हान्ने आदेश नदिएकोमा यस्तो घटना हुन गएकोमा अनुसन्धान भै रहेको भन्दै सरकारी जन सुरक्षा सचिबालय पन्छिएको छ । 

उग्र जनप्रदर्शनबाट उत्पन्न यस जोखिमपूर्ण अवस्थामा राष्ट्रपतिको कार्यालय र निवास परराष्ट्र मन्त्रालयलगायत सरकारी संघीय भवनहरुका सुरक्षाका लागि सेनाले पहरा दिएको तर आन्दोलनकारीहरुमाथि गोली हान्ने आदेश नदिएको भनी राष्ट्रका नाममा गरेको एक छोटो सम्बोधनको क्रममा रक्षा मन्त्री राउल जङ्गम्यानले बताएका छन् । 

ब्राजिलको अर्को ठूलो महानगर रियो डि जानेरोमा पनि राष्ट्रपति टेमर र उनले लागु गर्नु भएको अर्थिक सुधार वा मितव्ययिताको कार्यक्रमको विरोधमा ब्यापक जनप्रदर्शन र प्रहरीसँग झडप भएको जनाइएको छ । 

ब्राजिलको संसद पनि राष्ट्रपतिको समर्थन र बिरोधमा बिभाजित भै दुई फ्याक भएको जनाइएको छ । बहूसङ्ख्यक विपक्षी सांसदहरुले राष्ट्रपति टेमरको तत्काल राजिनामाको माग गर्दै संसदीय कारबाहीहरु नै अवरुद्ध पारेका छन् । 

वर्तमान राष्ट्रपति टेमर पदीय निवार्चनमा बिजयी भएर आउनु भएको नभै महाअभियोग लागेर हटाइनु भएकी पूर्व राष्ट्रपति दिल्मा रुसेफको सट्टा काम चलाउन मात्र कुर्सीमा आसीन भएको, राष्ट्रपतिको पदभार ग्रहण गरेको केही समय भित्रै प्रत्यक्ष वा परोक्ष रुपमा ठूला ठूला आर्थिक भ्रष्टाचारका काण्डमा मुछिनु भएको हो । 

मुलुकमा आर्थिक सुधार र बृद्धि गर्ने बहानामा भ्रष्टाचारका यस्ता काण्डहरुलाई ढाकछोप गरी ओझेलमा पार्न र आफू ब्राजिलको सत्तामा टिकिरहने प्रयास गरेको भन्ने आरोप लगाउँछन् बिपक्षीहरु । 

अझै ठूलो सङ्ख्यामा बिशाल जन प्रदर्शन हुने, कम्तीमा पैंतीस हजार जनताको जुलूसले घेराउ र नाराबाजी गरी संसद भवन, राष्ट्रपतिको कार्यालय लगायत सबै मन्त्रालय ठप्प पारी राष्ट्रपति टेमरलाई राजिनामा दिन बाध्य पार्ने योजना रहेको बिपक्षीहरुले दावी गरेका छन् । 

राष्ट्रपति टेमरले राजिनामा दिनु भएमा ब्राजिलको संबिधान अनुसार संसदले मध्यावधि निर्वाचन गरी अर्को राष्ट्रपति चयन गर्नु पर्नेछ । नवनिर्वाचित राष्ट्रपतिको पदावधि अत्यन्तै अल्प अर्थात् सन् २०१८ सम्म मात्र हुनेछ र सन् २०१९ मै पुनः अर्को राष्ट्रपतीय निर्वाचन गर्नु पर्ने पनि जनाइएको छ । 

यसरी देशको संसद् राष्ट्रपतिको निर्वाचनका लागि मात्र अल्मलिई रहनु पर्ने र मुलुकले भने आर्थिक सङ्कटको अवस्थामा रुमलिई रहनु पर्ने सम्भावनाले दिक्क बनाएको छ, ब्राजिलका अधिकांश सचेत जनतालाई । रासस





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad