८ वैशाख २०८१ शनिबार
समाज

फरार अभियुक्त १६ वर्षपछि पक्राउ

दमक – कर्तव्य ज्यान मुद्दामा फरार एक जना अभियुक्त सोह्र वर्षपछि पक्राउ परेको छ । 

पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–४ का ५३ वर्षीय हर्कबहादुर राई रहेको छ । राईमाथि सोही नगरपालिका बस्ने भक्तबहादुर राईलाई २०५८ साल पुस ८ गते हत्या गरी फरार रहेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस 

प्रकाशित: ११ जेष्ठ २०७४ ०५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App