coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सेरामिक्स कार्यशाला सकियो

काठमाडौं- सेरामिक्स प्रविधिबाट हस्तकला र मूर्तिकला बनाउने कलाकारका लागि आयोजना गरिएको 'सेरामिक्स हस्तकला तथा मूर्तिकला कार्यशाला २०७४' सकिएको छ। भक्तपुर दरबार स्क्वायरमा भएको कार्यशालामा २० जना कलाकारको सहभागिता थियो।

तीन दिनसम्म आयोजना गरिएको कार्यशालामा तीन प्रशिक्षकले सेरामिक्स हस्तकला र मूर्तिकलाका विविध विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए। कार्यशालाको समापन गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले छोटो समयमा कलाकृति सिर्जना गरेर आफ्नो प्रतिभा देखाएकोमा सहभागीलाई बधाइ दिएकी थिइन्। उनले सार्क देशकै कलाकारको सहभागितामा वृहत् कार्यक्रम गर्नुपर्नेमा जोड दिइन्।

संस्कृतिविद् तथा साहित्यकार तेजेश्वर बाबु ग्वङले कलाले हजारौं भाषा बोल्ने जनाउँदै सिक्नका लागि धेरै समय नचाहिने कुरा कार्यशालाले प्रमाणित गरेको बताए। कलाकार सुषमा राजभण्डारीले हस्तकला देशको मेरुदण्ड भएको बताउँदै कार्यशालाबाट आर्जन गरेको सीपले प्रशिक्षार्थीको आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। कार्यक्रममा प्रशिक्षक महेश्वर प्रजापति तथा प्रशिक्षार्थी उषा श्रेष्ठले कार्यशाला अवधिको अनुभव सुनाउँदै कार्यशालामा सहभागी हुने वातावरण बनाइदिएकोमा धन्यवाद दिइन्।

कार्यशालाको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हस्तकला विभाग, मूर्तिकला विभाग तथा हरेकृष्ण सिरामिक्सको संयुक्त रुपमा आयोजना गरेका थिए। समापनमा तीनदिने कार्यशालामा बनेका हस्तकला तथा मूर्तिकलाको प्रदर्शनीसमेत गरिएको थियो।

प्रकाशित: ११ जेष्ठ २०७४ ०३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App