४ वैशाख २०८१ मंगलबार
खेल

सेलायो कोस्टाको चीन चर्चा

संघाई- सरकारले ठूलो रकममा विदेशी खेलाडीलाई भि œयाउन रोक लगाएसँगै चीनको तियानजिन क्वानजिनले चेल्सीका डिएगो कोस्टाका साथै अन्य केही स्टार खेलाडी भित्र्याउने चर्चा सेलाएको छ।

ब्राजिलमा जन्मिएका कोस्टा अर्को महिना चीनमा सरुवा बजार खुला भएपछि तियानजिन सरुवा हुने चर्चाले जनवरीदेखि फुटबल बजार तातेको थियो। हल्लाअनुसार तियानजिनले कोस्टालाई भिœयाएको भए उनी सर्वाधिक पारिश्रमिक पाउने विदेशी खेलाडी बन्ने थिए।

‘सरुवाका विषयमा हामीले डिएगो कोस्टा र उनका प्रतिनिधिसँग कुनै वार्ता वा छलफल गरेका छैनांै,’ तियानजिनले आगामी दिनमा पनि चाइनिज सुपर लिगको दिगो विकासमा आधारित भएर सरुवासम्बन्धी निर्णय लिने मंगलबार एक विज्ञप्तिमार्फत भनेको छ, ‘हामी कुनै पनि अस्वस्थ प्रतिस्पर्धामा सहभागी हुने छेैनांै र अनावश्यक रूपमा धेरै रकम खर्च गर्न बन्द गर्नेछौं।’

पछिल्ला केही महिना लगातार रूपमा कोस्टा करोडौं डलर वार्षिक पाउने गरी चीन सरुवा हुन लागेको आशयका समाचार सार्वजनिक भएका थिए।

इटालीका विश्वकप विजेता फाबियो कानाभारोको प्रशिक्षणमा रहेको तियानजिनसँग उपाधिका लागि चुनौती दिन पर्याप्त विदेशी प्रतिभा छन्। तर टोलीले हालसम्म ठूलो रकममा कुनै विदेशी खेलाडीसँग सम्झौता गरेको छैन।

राम्रा खेलाडीले भरिएको भए पनि उनीहरूले बोरुसिया डर्टमन्डका स्ट्राइकर पिरे इमेरिक औबामेयाङ र म्यानचेस्टर युनाइटेडका स्टार वाइन रुनीलाई क्लबमा भिœयाउने प्रयास गरेका थिए।

साथै उनीहरूले मोनाकोका कोलम्बियन स्ट्राइकर राडामेल फाल्काओलाई ६ करोड युरो र जर्मन क्लब एफसी कोलोग्नका फ्रान्सेली स्ट्राइकर एन्थोनी मोडेस्टेलाई ५ करोड युरोमा  भिœयाउने प्रयास गरेको खबर पनि सार्वजनिक भएका थिए।

यद्यपि  तियानजिनले बेल्जियमका मिडफिल्डर एलेक्स विट्सेललाई २ करोड तथा हाल लयमा नरहेका ब्राजिली राष्ट्रिय टोलीका पूर्वस्टार खेलाडी पाटोलाई १ करोड ८० लाख युरोमा अनुबन्ध गर्नमै चित्त बुझायो।

राष्ट्रपति सी जिङपिङले फुटबल विश्वकप आयोजना तथा एक दिन जित्नका लागि समेत सुझाएपछि चिनियाँ फुटबल परिवारमाथि दबाब बढेको थियो। फिफाको विश्व वरीयताक्रमको ८१औं स्थानमा रहेको चीन विश्वकपमा छनोट हुनका लागि समेत संघर्षरत टोली हो। तर राष्ट्रपतिको उच्च फुटबलप्रेमका कारण घरेलु लिगलाई बलियो बनाउँदै राष्ट्रिय टोलीको समेत सुधार गर्ने दबाबमा चीन फुटबल संघ छ।

राष्ट्रपतिको फुटबल मोहका कारण चीनका ठूला व्यावसायिक प्रतिष्ठान तथा धनी व्यापारीहरूले तत्काल फुटबल क्लबको स्वामित्व खरिद गर्नुका साथै केही विदेशी खेलाडीलाई कीर्तिमानी रकममा सुपर लिगमा भिœयाएका थिए।

उक्त क्रममा चेल्सीका मिडफिल्डर ओस्कार यसै सिजन ६ करोड युरोको एसियाली कीर्तिमानी रकममा सांघाई एसआइपिजीमा अनुबन्धित भएका थिए।

तर खेलाडी अनुबन्धनमा मनोमानी रूपमा धेरै रकम खर्च भएको र यसले चीनको अर्थतन्त्रमा असर गर्ने भन्दै आलोचना बढेपछि सरकारले यस सिजनबाट क्लबले खर्च गर्ने रकम र अनुबन्धन गर्न पाउने विदेशी खेलाडीको संख्यामा कटौती गरेको थियो।

प्रकाशित: ११ जेष्ठ २०७४ ०३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App