coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सिद्धार्थ र आलिया डेटिङमा !

मुम्बई–भातीय संचार माध्यमले केही समय पहिलादेखि आलिया भट्ट र सिद्धार्थ मल्होत्राको प्रेम सम्बन्धमा रहेको बताउँदै आएका थिए। तर आलिया र सिद्धार्थले यस विषयमा आफ्नो मुख खोलेका थिएनन् । सामाजिक संजाल इन्ट्राग्राममा पोस्ट गरिएका तस्बिरका आधारमा उनीहरु रिलेशनमा रहेको अड्कलबाजी गरिँदै आएको थियो।

तर हालै एक पार्टीमा आलियाले आफू  र सिद्धार्थ रिलेशनसिपमा रहेको कुरा स्विकार गरेकी छन्। भारतीय संचारमाध्यमले जनाए अनुसार आलियाले एक सेक्रेट भ्याकेशनमा जानु पहिले आफ्नो घरमा नजिकका साथीहरुलाई डिनर पार्टी दिएकी थिइन्।

उक्त पार्टीमा आलियाले सिद्धार्थलाई साथीहरुमाझ  ब्वाईफ्रेन्डका रुपमा चिनाएकी थिइन्। त्यसको भोलि पल्ट उनीहरुलाई मुम्बई एयपोर्टमासँगै देखिएको र उनीहरुले संचार माध्यमका लागि केही तस्बिर खिचाएका थिए। आलिया र सिद्धार्थले करण जोहोरको फिल्म स्टुडेन्ड अफ  दि इयरबाट बलिउडमा डेभ्यु गरेका थिए ।

 

प्रकाशित: ३ श्रावण २०७३ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App