७ वैशाख २०८१ शुक्रबार
राजनीति

तीन वटा वडाको गणनापछि ह्‌वात्तै घट्यो दाहाल र ज्ञवालीबीचको मतान्तर

भरतपुरमा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली तथा माओवादीकी रेणु दाहाल

चितवन— भरतपुर महानगरपालिकामा एमालेको राम्रो मताधार रहेको वडाहरुको मत गणना सकिँदा मेयर पदमा एमालेका उम्मेद्वार देवी ज्ञवालीले बनाएको फराकिलो मतान्तर ह्वात्तै घटेको छ। पछिल्ला तीन वटा वडाको मतपरिणामपछि रेणु दाहालले मतान्तर उल्लेख्य घटाएकी छिन्।

वडा नं. २७ पछि  तीनवटा वडाको मत गणना हुँदा ज्ञवाली दाहालभन्दा एक हजार ९६१ मतले अगाडी छन्। २७ पछि १३ नम्बर वडाको मत गणना भएको थियो। त्यो माओवादीको प्रभाव भएको वडा हो।

वडा नं. २७ सम्मको गणना सक्दा मंगलबार देवि ज्ञवाली माओवादी उम्मेद्वार रेणु दाहालभन्दा तीन हजार ८३६ मतले अगाडि थिए। बुधबार अवस्था फरक रहयो। वडा नं. २७ पछि  तीनवटा वडाको मत गणना हुँदा ज्ञवाली दाहालभन्दा एक हजार ९६१ मतले अगाडी छन्। २७ पछि १३ नम्बर वडाको मत गणना भएको थियो। त्यो माओवादीको प्रभाव भएको वडा हो।

त्यसपछि गणना भएको २६ र १४ नम्बर वडामा नेपाली काँग्रेसको प्रभाव भएको वडाहरु हुन्। पछिल्लो पटक गणना सकिएको वडा नं. १४ मा नेपाली काँग्रेसका उम्मेद्वार वडाध्यक्षमा विजयी भए।

काँग्रेसका ओमप्रसाद पोखरेल एक हजार ५२२ मत ल्याएर वडाध्यक्षमा विजयी हुँदा निकटतम प्रतिद्वन्दी रहेका माओवादी उम्मेद्वारको एक हजार ११६ मत आयो। एमालेका वडाध्यक्ष उम्मेद्वार एक हजार १०५ मत ल्याएर तेस्रो स्थानमा रहे। कुल २९ वटा वडाहरु रहेको भरतपुरमा १८ वटा वडाको मत गणना सकिएको छ । एमाले १०, काँग्रेस छ र माओवादी दुईवटा वडामा वडाध्यक्षमा विजयी भएको छ।

अहिलेसम्मको मतगणना अनुसार मतअन्तर घट्दै गए पनि मेयर पदमा देवी ज्ञवाली २९ हजार ३६८ मतका साथ अग्रता लिइरहेका छन्। सत्तारुढ गठबन्धनबाट मेयर पदमा उम्मेद्वार रहेकी माओवादीकी रेणु दाहालले २७ हजार ४०७ मत ल्याएकी छन्।

उपमेयरमा गठबन्धनबाट काँग्रेस उम्मेद्वार पार्वती शाहको ३० हजार ७८९ मत आएको छ। एमालेकी दिब्य शर्मा आचार्यले २६ हजार ५८७ मत ल्याएकी छन्।
अब भरतपुरको २५ नम्बर वडाको मत गणना सुरु हुँदैछ।
    

प्रकाशित: १० जेष्ठ २०७४ १४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App