भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

बुधबार, १० जेठ २०७४, १८ : ३२ नागरिक

काठमाडौं— सरकारले बिहीबार काठमाडौं उपत्यका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा दिने भएको छ। रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत राष्ट्रपतिलाई जाउलाखेलमा भोटो देखाइने भएकाले सार्वजनिक विदा दिइने भएको हो।

वैशाख १७ गते पुल्चोकबाट सुरु भएको रथयात्रा पाटन क्षेत्रका विभिन्न नगर र टोल हुँदै सोमबार बेलुकी जाउलाखेल पुगेको थियो। रथ जाउलाखेल पुर्या एको चौथो दिन राष्ट्रप्रमुखलाई भोटो देखाउने परम्परा छ।

साइत हेरेर रथलाई जाउलाखेल पुर्‍याइएको हो। जाउलाखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भोटो देखाइसकेपछि भोलि नै रातो मच्छिन्द्रनाथको रथलाई बुङमती पुर्योइनेछ। रातो मच्छिन्द्रनाथको रथलाई ६ महिना पाटन र ६ महिना बुङमतीमा राख्ने गरिन्छ। 

राजपत्रमा सूचना जारी भइसकेकाले गृह मन्त्रालयले बिहीबारको विदाको सूचना जारी नगरेको गृह प्रवक्ताले जानकारी दिए। 'भोटोजात्रामा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने विषय राजपत्रमै उल्लेख भइसकेकाले गृहले सार्वजनिक सूचना जारी नगरेको हो', गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले नागरिकन्युजसँग भने, 'काठमाडौं उपत्यकामा भोलि उपत्यका विदा नै हो।' 

तिथि र साइतअनुसार भोटो देखाइने हुनाले विदाका लागि राजपत्रमा निश्चित मिति तोकिएको छैन। साइतअनुसार मिति तलमाथि हुने हुँदा त्यसो गरिएको उनले बताए।

 






यसमा तपाईको मत

अन्य समाचार

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हरेक मानिसको फिंगरप्रिन्ट बेग्ला बेग्लै भएजस्तै कुकुरको पनि नाकको छाप बेग्ला बेग्लै हुनेगर्दछ । ...

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा शैक्षिक मेला सम्पन्न भएको छ। इक्यान शैक्षिक मेलाको १३ औ संस्करणलाई साठी...

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

सिप्रदी ट्रेडिङ्ग प्रा. लि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ। ...

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो। ...

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना संचालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले...

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख  हस्तान्तरण

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेशन द्वारा रु एक लाख हस्तान्तरण। ...

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एड एन्ड इभेन्ट म्यानेजमेन्टले कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। ...

बेस्ट फाइनान्सका अध्यक्षको शपथग्रहण

बेस्ट फाइनान्सका अध्यक्षको शपथग्रहण

बेस्ट फाइनान्सका नवनिर्वाचित अध्यक्ष अमिरध्वज प्रधानले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । ...