८ वैशाख २०८१ शनिबार
राजनीति

भरतपुरको मत गणना रोमाञ्चक बन्यो, रेणु दाहालले मतान्तर घटाइन्

भरतपुर महानगरमा एमालेका मेयर प्रत्यासी ज्ञवाली र माओवादीकी दाहाल

काठमाडौं– भरतपुर महानगरपालिकाको जारी मतगणनामा माओवादीकी रेणु दाहालले मतान्र घटाएकी छिन्। वडा नं. १४ को मतगणना भइरहँदा रेणु दाहालको मतअन्तर अघिअघि रहेका एमालेका देवी ज्ञवालीसँग २ हजार ४२८ मा झरेको छ।

एमालेको प्रभाव क्षेत्र रहेका वडाको मतगणना हुँदा एमालेका ज्ञवाली मंगलबार रेणु दाहालभन्दा झन्डै ४ हजार मतले अगाडि पुगेका थिए। पछिल्लो परिणामअनुसार अब रेणु २ हजार ४२८ मतले मात्र पछि छिन्। 

धानमन्त्री पुष्पकमल दाहालको पुरानो गाउँ शिवनगर पनि यही वडामा पर्छ। उनका थुप्रै अाफन्तहरु अहिले पनि त्यही वडामा छन्।

४ हजार ४३७ खसेको यो वडामा २४ सय मत गणना हुँदा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली २८ हजार ७९० का साथ अगाडि छन्। काँग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाल २६ हजार ४८६ छ।

एमालेको प्रभाव क्षेत्र रहेका वडाको मतगणना हुँदा एमालेका ज्ञवाली मंगलबार रेणु दाहालभन्दा झन्डै ४ हजार मतले अगाडि पुगेका थिए। पछिल्लो परिणामअनुसार अब रेणु २ हजार ४२८ मतले मात्र पछि छिन्। 

जारी मतगणनामा १४ नं. वडाको वडाअध्यक्षमा रुखमा ८४०, सूर्य ६१६, हँसिया हथौडा ५९७ मत परेको छ। उपमेयरमा काँग्रेसकी पार्वती शाह २९ हजार ८६५ का साथ अगाडि छिन्। एमालेकी दिव्य शर्मा २६ हजार १३ मत पाएर काँग्रेसकी शाहलाई पछ्याइरहेकी छिन्।

भरतपुरमा कुल एक लाख १२ हजार मत खसेको छ। काँग्रेस माओवादी गठबन्धनबाट भरतपुरमा मेयर पदमा उठेकी माओवादी उम्मेद्वार रेणु दाहाल प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। काँग्रेस र माओवादीबीच केन्द्रीय तहमा तालमेल भएर मेयर पदका काँग्रेस उम्मेदवारको उम्मेदवारी पनि केन्द्रबाट आएकै पत्रका आधारमा फिर्ता भएको थियो।

भरतपुरमा तुलनात्मक रुपमा बलियो मानिएको काँग्रेसले मेयर पद नै फिर्ता गर्नु परेपछि जिल्लामा कार्यकर्ताहरु निकै आक्रोशितसमेत भएका थिए। पछि जिल्ला तहका नेताहरुले संयुक्त कार्यक्रम गरेर मतदाताको मन जित्ने प्रयास गरेका थिए। माओवादी अध्यक्ष दाहाल र काँग्रेस सभापछि शेरबहादुर देउवाले भरतपुरमा संयुक्त रुपमा अन्तिम चुनावी सभालाई सम्बोधन गरेका थिए। 

प्रकाशित: १० जेष्ठ २०७४ ०९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App