८ वैशाख २०८१ शनिबार
समाज

अनन्तपुरको जीर्णोद्धार सुरु

काठमाडौँ – पुरातत्व विभागले विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भूको अनन्तपुर मन्दिर जीर्णोद्धार सुरु गरेको छ । 

दुई वर्ष अघि वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण सो चैत्यमा क्षति भई भत्कने स्थितिमा पुगेपछि केही भाग भत्काएर जीर्णोद्धार गर्न लागिएको हो । 

त्यस क्षेत्रको रेखदेख तथा संरक्षण गर्दै आएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले खर्चको अभावमा सो मन्दिर जीर्णोद्धार गर्न नसकेकाले विभागले जीर्णोद्धार गर्न लागेको महानिर्देशक भेषनाराण दाहालले जानकारी दिए । 

सो मन्दिर असार मसान्तभित्र पुरा गर्ने लक्ष्य राखिएको छ । त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्वका अन्य सम्पदा जीर्णोद्धारका लागि पुरातत्व विभाग र महासमितिले अध्ययन गरिरहेको महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए । 

प्रकाशित: १० जेष्ठ २०७४ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App