coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मापदण्ड विपरीत सडक विस्तार

सडकको प्रभावकारी सर्भे नहुँदा यातायातका साधन चलाउन समस्या । तस्बिर : राधा ढुंगाना

सोलुखुम्बु – सोलखुुम्बुमा ग्रामीण सडक विस्तारको क्रममा प्रभावकारी सर्भे नहुँदा यातायात सञ्चालनमा समस्या परेको छ । कच्ची सडकको ट्र्याक खोल्नुअघिको प्राविधिक सर्भे सहि नहुँदा ग्रेड नमिलेका सडकमा सवारी चलाउन समस्या भएको हो । 

सडक ट्र्याक खोल्ने क्रममा प्राविधिकको सर्भेभन्दा पनि डोजर अपरेटरको लाइनअनुसार काम हुने भएकाले सडकमा गाडी गुडाउन समस्या भएको हो । हाल जिल्लामा दुई सय किलोमिटर सडकको ट्र्याक खन्ने काम भइसकेकोमा अधिकांश खण्डमा घुम्ती नपुग्ने र ग्रेड नमिलेका कारण जिपलाई उकालो ओरालो गराउन निकै समस्या हुने चालकहरुको गुनासो छ । 

कागजमा प्राविधिक सर्भे हुने गरे पनि स्थलगत रुपमा डोजर अपरेटरको डिजाइनमा सडक खन्ने काम भएकाले सडक मापदण्ड विपरीत बन्ने गरेको जिविसको स्वीकारोक्ति छ । हाल सल्लेरीबाट देउसा सडक खण्डमा ५० किलोमिटर, चौलाखर्क क्षेत्रमा ३५ किलोमिटर, तिंलाबाट नेचा २५ किलोमिटर कच्ची सडकको ट्र्याक खोलिएको जिल्ला प्राविधिक कार्यालय सोलुखुम्बुले जनाएको छ । 

त्यस्तै सदरमुकामबाट काँकुसम्म १५ किलोमिटर, बासासम्म २५ किलोमिटर, जुनबेसीसम्म १५ किलोमिटर र खरिखोला क्षेत्र जाने सडक १५ किलोमिटर धुले सडक खनिएको जिल्ला प्राविधिक कार्यालयक सब–इन्जिनियर दिनेश राईले बताए । सडक खन्ने क्रममा कम्तीमा चार मिटर चौडा हुनुपर्ने मापदण्ड भए पनि स्थानीयको जग्गाको विवाद र डोजर अपरेटरको सहमतिमा मनपरि चौडाइ कायम गर्ने गरिएको छ । मापदण्ड विपरीत सडक खन्ने काम भए पनि प्रभावकारी अनुगन संयन्त्र नहुँदा कच्ची सडक सञ्चालनमा समस्या भएको छ । 

काममा आंशिक त्रुटि भएको भन्दै स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले प्राविधिकको प्रतिवेदनका आधारमा मात्र भुक्तानी दिने गरेको बताए । यता आफूखुसी डोजर गाउँमा लगेर सडक खोलाएका कारण वर्षायाममा २० किलोमिटर सडकमा मात्र सवारी गुड्ने गरेका छन् । 

प्रकाशित: १० जेष्ठ २०७४ ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App